शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जेसिज द्वारा विधार्थीसँग मेयर कार्यक्रमलाई निरन्तरता
भाद्र २०, २०८१ | फिरोज शेख

फिरोज शेख लहान २०८१ भदौ २० - 
लहान सिटी जेसिजले आयोजना गरेको "विधार्थीसँग मेयर" कार्यक्रमलाई निरन्तरता दिएको छ । कार्यक्रम अन्तर्गत दोस्रो कार्यक्रम लहान १२ मा  अवस्थित श्री मा.वि. विद्यालय पडरिया थारु टोलमा सम्पन्न भएको छ। कार्यक्रममा विधार्थीहरुले राखेका समस्याहरु जस्तै : सरस्वती माताको मन्दिर निर्माण , शौचालय , मंच निर्माण ,जस्तापाता चुइने, पंखा ,भवन , बिधुत प्राधिकरनको बक्यौता रकम दुई लाख तिर्नु पर्ने लगायतका समस्याहरुको नगरप्रमुख महेश प्रसाद चौधरीले सम्बोधन गर्नुका साथै समस्या समाधानका लागि प्रतिबध्ता जनाउदै भौतिक पक्षलाई व्यवस्थित र शैक्षिक पक्षकलाई उत्कृष्ट बनाउन लहान नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर अघि बढिरहेको बताउनुभयो। एक कक्षा एक शिक्षक ,एक विद्यालय एक कम्प्युटर ल्याव कार्यक्रम ल्याएर अघि बढिरहेको नगरप्रमुख चौधरीले भन्दै लहान सिटि जेसिसले आयोजना गरेको नगरप्रमुखसँग विधार्थी कार्यक्रमबाट विधार्थीहरुको चाहना तथा जिज्ञासा बुझ्न पाउँदा खुसि व्यक्त गर्नु भयो।

लहान सिटि जेसिका अध्यक्ष उमेश यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लहान १२ का वडा अध्यक्ष बद्रि नारायण चौधरी ,विद्यालयका प्रधानाध्यापक मनोज कुमार यादव ,विद्यालय व्यवस्थापनका अध्यक्ष छेदी लाल चौधरी ,लहान सिटि जेसिका पूर्व अध्यक्षहरु मुरारी प्रसाद साह ,बसन्त साह , मानार्थ सदस्य गङ्गा यादव ,निवर्तमान अध्यक्ष फिरोज शेख लगायत बोर्ड पदाधिकारीहरुको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन महासचिव देवनलाल ठाकुरले गरेका थिए भने कार्यकमको संयोजन कार्यकारिणी उपाध्यक्ष नित्यानन्द साहले गरेको थियो। कार्यक्रममा दुई सय भन्दा बढी बिद्यार्थीहरुको उपस्तिथी रहेको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.