शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
उत्कृष्ट विधार्थी तथा शिक्षक पुरस्कृत
चैत्र २४, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० चैत २४ - 
सिरहाको लहान-५ स्थित रहेको अल अमीन नेशनल एकेडेमीमा उत्कृष्टता हाँसिल गर्ने विद्यार्थी तथा शिक्षकहरु पुरस्कृत भएका छन । शैक्षिकसत्र २०८० को अन्तिम परीक्षाको नतिजा प्रकाशन गर्दै कक्षा नर्सरीदेखि कक्षा ६ सम्मका उत्कृष्ट हुन सफल विद्यार्थीहरुलाई शनिबार विद्यालयको प्राङ्गणमा आयोजित समारोहमा साईकल र शैक्षिक सामग्रीद्वारा पुरस्कृत गरिएको हो ।उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई एकेडेमीका संस्थापकद्वय मौलाना मुफ्ती अहमद रजा सकाफी र मो. सद्दाम हुसैनले साईकल तथा शैक्षिक सामग्री वितरण गरेको छ । पुरस्कार स्वरुप साइकल पाउनेहरुमा मोहम्मद हेदायातुल्लाह र अमिला खातुन ( नर्सरी ) ,मोहम्मद साईफ़ ( एल के जी ) ,मोहम्मद तोहिद नदाफ र मोहम्मद मोशर्फ ( युकेजी ) ,महम्मद रेहान आलम ( कक्षा १ ) ,तबिना नुरी ( कक्षा २ ) ,नुरानी खत्तुन ( कक्षा ३ ),मोहम्मद मेराज आलम ( कक्षा ४ ) ,मोहम्मद असरफ मन्सुरी ( कक्षा ५ ),मोहम्मद साहिल अन्सारी ( कक्षा ६ ) रहेका छन्। त्यस्तै परिक्षामा दोस्रो र तेस्रो स्थान ल्याउने विद्यार्थीहरुलाई कापी ,कलम लगायतका शैक्षिक सामग्रीले पुरस्कृत गरिएको छ।

यता विद्यार्थीको अतिरिक्त क्रियाकला तथा शिक्षण सिकाईमा राम्रो अंक ल्याउने उत्कृष्ट शिक्षहरुलाई मोवाईल मोबाइल फोन र नगद  वितरण गरिएको जनाइएको छ ।विद्यालयका संस्थापक तथा प्रधानाध्यापक मौलाना सकाफिले योग्य, सक्षम, इमान्दार नागरिक तयार गर्नु विद्यालयको उद्देश्य रहेको बताउनु भयो । पुरस्कार वितरणले विद्यार्थीहरुमा मिहेनत गरेपछि प्रतिफल प्राप्त हुन्छ भन्ने भावनाको विकास गराउने उहाँले बताउनु भयो ।पुरस्कार वितरण समारोहका प्रमुख अतिथि लहान ५ का पूर्व वडाध्यक्ष सुलेमान मियाँ अन्सारीले विद्यार्थीहरुलाई पुरस्कृत गर्दै अलअमिन एकेडेमीले शिक्षासंगै अतिरिक्त क्रियाकलापमा पनि ध्यान दिनु पर्ने बताउनु भयो । निजी विद्यालयहरुले विद्यार्थीभित्रका प्रतिभाहरुको प्रस्फुटन गर्दै जानुपर्नेमा जोड दिनु भयो । उहाँले विद्यालय आगामी दिनमा थप सफलता हाँसिल गर्ने शुभेच्क्षा प्रकट गर्नुभयो ।कार्यक्रममा लहान १८ का वडाध्यक्ष मो. समशेर, दारुल ओलुम हनफिया असरफिया लहान-५ का मौलाना हाफिज अताउर रहमान, मदरसा मदिनतुल ओलूमका मौलाना हनान बरकाती, मौलाना अब्दुल खालिक, लहान २ का मौलाना मुस्ताक अहमद,रेडियो सरगमका संचालक फिरोज शेख, समृद्धिपथ दैनिकका सम्पादक फिरोज सिद्दिकी लगायत विद्यार्थी तथा अविभावकहरुको उपस्थिति रहेको थियो ।
 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.