शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
अपोलो स्कुलले उपाधि जित्यो : लहान क्रिकेट क्लबद्वारा आयोजित इन्टर
पौष २०, २०८१ | फिरोज शेख

फिरोज शेख,लहान २०८१ पुष २० – 
लहान क्रिकेट क्लबद्वारा आयोजित रोयल सफ्टेक कलेज इन्टर स्कूल टी-२० क्रिकेट लिग प्रतियोगिता (सिजन वन) को उपाधि अपोलो सेकेन्डरी बोर्डिङ स्कुलले जितेको छ। फाइनल खेलमा अपोलो स्कुलले श्री लक्ष्मण ललिता कुशवाहा माविलाई पाँच रनले पराजित गर्दै उपाधि जित्न सफल भएको हो। टस जितेर पहिले ब्याटिङ गरेको अपोलो सेकेन्डरी बोर्डिङ स्कुल १७ ओभरमा सबै विकेट गुमाउँदै ११४ रनको योगफल तयार गर्न सफल भयो। टोलीका तर्फबाट आयुस विश्वकर्मा ले २५ रन बनाउँदै ३ विकेट लिएर उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ द म्याच भए भने आयुष गोस्वामीले २६ रन र सन्तोष मुखियाले १२ रन बनाए। श्री लक्ष्मण ललिता कुशवाहा माविका बलर दिपक यादवले ४ ओभरमा १६ रन खर्चेर ५ विकेट, नितेश यादवले ४ ओभरमा २१ रन खर्चेर ३ विकेट तथा रितेश महतोले ४ ओभरमा ३३ रन खर्चेर १ विकेट लिए।

जवाफी ब्याटिङमा श्री लक्ष्मण ललिता कुशवाहा मावि १९ ओभर २ बलमा अलआउट हुँदै १०९ रनमा सीमित हुँदा पाच रनले उपविजेतामा सिमित भयो। नितेश यादवले ४७ रन, सुभाष यादवले १२ रन र आदित्य यादवले ११ रन बनाए। अपोलोका बलर अंकित गोस्वामीले ४ ओभरमा १८ रन खर्चेर ३ विकेट, आयुस विश्वकर्माले ४ ओभरमा १३ रन खर्चेर ३ विकेट र आयुष गोस्वामीले १ ओभर २ बलमा ७ रन खर्चेर २ विकेट लिए।

उपाधि विजेता अपोलो स्कुलले नगद रु. ३१ हजार, शिल्ड र मेडल प्राप्त गर्‍यो। उपविजेता श्री लक्ष्मण ललिता कुशवाहा माविले नगद रु. २१ हजार, शिल्ड र मेडल प्राप्त गरेका छन्। प्रतियोगिता अवधिभर उत्कृष्ट प्रदर्शन गर्दै रितेश महतो (ललकु स्कुल) ले २७४ रन र ७ विकेटसहित "उत्कृष्ट खेलाडी" घोषित भए। उनले नगद रु. १० हजार र ट्रफी प्राप्त गरे। बेस्ट ब्याट्सम्यान: रितेश महतो नै घोषित भई पुरस्कार रु. ५ हजार र ट्रफी प्राप्त गरे। त्यस्तै बेस्ट बलर: अभिनाश यादव (११ विकेट, लहान प्यारागन पब्लिक स्कुल), पुरस्कार रु. ५ हजार र ट्रफी प्राप्त गरेका छन् भने उदयमान खेलाडीको रुपमा बुधन मण्डल (स्कूल अफ स्कॉलर्स) घोषित भए उनले  पुरस्कार रु. ५ हजार र ट्रफी प्राप्त गरे। त्यस्तै फेयर प्लेरको उपाधि लहान मेरी चिल्ड्रेन स्कूलले जितेका छन्।

समापन समारोह :

समारोहका प्रमुख अतिथि लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले लहान–१० स्थित खेल मैदान व्यवस्थित गर्न रु. १५ लाख बजेट दिने र स्टेडियम निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्। विशिष्ट अतिथि सफ्टेक कलेजका संस्थापक डा. महादेव साह, सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष विकास सारडा, र सिरहा क्रिकेट संघका सचिव विकल विष्टलगायतले लहानमा स्टेडियम निर्माणका लागि जोड दिएका छन्। बसन्त साहल द्वारा संचालित समापन कार्यक्रमको अध्यक्षता लहान क्रिकेट क्लबका अध्यक्ष राकेश अधिकारीले गरेका थिए। मङ्सिर २८ गते बाट शुरु भएको प्रतियोगिताको सबै म्याचको कमेन्ट्री अर्जुन भुजेलले गरेका थिए। भने स्कोररमा राकेश कामैत ,अमन साह ,सरस्वती चौधरी ,कासिंदर दासले सघाएका थिए। एम्पायरको भूमिकामा संजय चौधरी र देबेन्द्र साह संगै म्याच रेफ्रीमा नन्द किशोर महतो रहेको थियो।

प्रतियोगितामा निजी तथा सामुदायिक विद्यालयका २४ वटा टीमलाई गोलाप्रथा मार्फत "ए" ग्रुप देखि "एच" ग्रुप सम्म रखिएको थियो।प्रत्येक ग्रुपमा ३/३ वटा टिम सहभागी गराइएकोमा प्रत्येक ग्रुपमा उत्कृष्ट प्रदर्शन गरेका ८ वटा टिम क्वाटर फाइनल खेलेका थिए।  क्वाटर फाइनल खेलेका ४ विजेता टिमले सेमिफाइनल खेल्दै दुई विजेता टिम फाइनल प्रवेश गरेका हुन्। प्रतियोगिताको मिडिया पार्टनर रेडियो सरगम ९३ मेगाहर्ज लहान ,प्रिन्टिंग पार्टनर अम्बिका अफसेट प्रेस लहान , फुड पार्टनर महाराजा रेस्टुरेन्ट & बार रहेका छन्। प्रतियोगिता लहानको क्रिकेट विकासका लागि माइलस्टोन सावित भएको आयोजक लहान क्रिकेट क्लबले जनाएको छ।

 

 


 

अपोलो स्कुलले उपाधि जित्यो : लहान
पौष २०, २०८१ | फिरोज शेख
फाइनल खेलमा आज अपोलो र ललकु
पौष २०, २०८१ | फिरोज शेख
फाइनलमा अपोलो र ललकु भिडने
पौष १६, २०८१ | फिरोज शेख
अपोलो ओम र बेबी एन्जल स्कूल
पौष १५, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.