शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कतारमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
कार्तिक २४, २०८१ | सरगम खबर समाचारदाता

दोहा कतार २०८१ कार्तिक २४ - 
कतारमा रहेका मधेशी समुदाय संगै ३८ वटा मधेशी तथा सामाजिक संघसंस्थाहरूको समन्वयमा दशैं, तिहार र छठ पर्वको अवसरमा भव्यताका साथ शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ। नेपाल राजदूतावास कतारका राजदूत कुमार राईको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रम कतारमा स्थापित विभिन्न मधेशी संघसंस्थाहरूको सहयोगमा आयोजना गरिएको थियो। कार्यक्रममा विभिन्न संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधि ,समाजसेवी संगै कलाकार तथा पत्रकारहरूको उपस्थितिका साथै सर्वसाधारणहरुको उप्स्तिथिले कार्यक्रमको गरिमालाई बढाएको थियो।

कार्यक्रममा मधेशी समुदायको पहिचान झल्काउने मैथिली सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्नुका साथै विभिन्न कलाकारहरूले प्रस्तुत गरेका परम्परागत मैथिली गीत,नृत्य र सांस्कृतिक कार्यक्रमको प्रस्तुतिले कार्यक्रममा उपस्थित दर्शकहरूको मन जितन सफल भएका थिए। यस्ता कार्यक्रमले अन्तर्राष्ट्रिय मञ्चमा मैथिली भाषा, कला र संस्कृतिको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पु¥याउने आयोजकहरूको भनाइ छ। मैथिली कलाकार समाज कतारले प्रस्तुत गरेको नृत्यले कार्यक्रमको आकर्षणलाई अझै बढाएको थियो। कलाकारहरूको प्रस्तुतिले परदेशमा रहेका नेपाली तथा मधेशी समुदायलाई घरदेशको झल्को दिलाएको कार्यक्रममा सहभागी संचारकर्मी सियाराम यादवले जानकारी दिए। सहभागीहरूले शुभकामना आदानप्रदान गर्दै नेपाली पर्वहरूको उल्लास परदेशमै अनुभव गरेका थिए।

आयोजक संस्थाहरूले आगामी दिनहरूमा यस्ता सांस्कृतिक तथा धार्मिक कार्यक्रमहरूलाई अझ बढी भव्यताका साथ मनाउने भनि  प्रतिबद्धता समेत व्यक्त गरेका छन्। अन्तर्राष्ट्रिय स्तरमा मैथिली संस्कृतिको प्रवर्द्धन र मधेशी समुदायको पहिचानलाई बलियो बनाउने उद्देश्यले गरिएको यस प्रकारका कार्यक्रमहरूले दीर्घकालीन प्रभाव छाड्ने प्रमुख अतिथि ,विशिष्ट अतिथि ,अतिथि तथा पत्रकारहरुले विश्वास व्यक्त   गरेका छन्।

 

कतारमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
कार्तिक २४, २०८१ | सरगम खबर समाचारदाता
गैर आवासिय मधेशी संघ कतार द्वारा
जेठ १७, २०८१ | फिरोज शेख
कुवेतमा ५ नेपालीलाई मृत्युदण्ड : ६१
फाल्गुन ९, २०७३ | सरगम खबर समाचारदाता
कतारमा नेपाली महिला समाजको दोस्रो अधिवेशन
फाल्गुन ८, २०७३ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.