शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
गैर आवासिय मधेशी संघ कतार द्वारा आप्रवासी नेपालिको शव उद्दार

10 Views

जेठ १७, २०८१ | फिरोज शेख

फिरोज शेख लहान २०८१ जेठ १७ - 
जनमत पार्टीको अन्तर्राष्ट्रिय संगठन गैर-आवासीय मधेशी संघ (NRMA)ले कतारमा मृत्यु भएका एक मजदुरको लाश (शव) को उद्दार गरी नेपाल पठाएको छ । डा.सिके राउत नेतृत्वको जनमत पार्टीको भातृ संगठन गैर आवासिय मधेशी संघ कतारले धनुषा जिल्लाका  पुनीत खत्वेको शव उद्दार गरी बुधबार नेपाल पठाएको हो। परिवारको भरणपोषणको लागि रोजगारीको शिलशिलामा दुई बर्ष पहिला कतार पुगेका पुनीत खत्वेको बैशाख २६ गते सडक दुर्घटनामा परी मृत्यु भएको थियो। सडक दुर्घटनामा परी खत्वेको मृत्यु भएको खबरले परिवारमा बज्रपात परेको छ। धनुषा जिल्ला जनकपुर उपमहानगरपालिका वडा नं १२ कुर्वा निवासी बिल्टु खतवेका छोरा पुनीत खत्वेको शव उद्दार गर्न गैर आवासिय मधेशी संघ कतारले सम्पूर्ण प्रकृया पुरा गराई शवको साथमा धनुषा जिल्ला निवासी मनोहर मण्डललाई संगै नेपाल पठाएका छन्।  

गैर आवासीय मधेशी संघ कतारको उद्दार कार्यमा संलग्न अध्यक्ष ईन्जिनियर प्रमोद कुमार ठाकुरको संयोजकत्वमा गठित उद्दार समिति कतारको प्रमुख संयोजक राम सुवन यादव र विशेष सहजकर्ता मिशन २०८४ कतारका संयोजक तथा अन्तराष्ट्रिय समिति सदस्य जितेन्द्र कुमार यादव लगायत समितिका सदस्यहरुले उद्दार गरेको गैर आवासिय मधेशी संघ तथा अन्तर्राष्ट्रिय समिति सदस्य तथा (NRMA ) कतारका उद्दार समिति प्रमुख राम सुवन यादवले जानकारी दिनुभयो। शव उद्दार कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा साथ र सहयोग गर्ने नेपाली राजदुतावासलाई समेत धन्यवाद ज्ञापन गरिएको छ। जनमत पार्टीको अन्तर्राष्ट्रिय संगठन गैर-आवासीय मधेशी संघले समस्यामा परेका मजदुरको सहयोग गर्दै आएको छ । कैयौं मजदुरलाई संघले उद्धार गरेर नेपाल फर्काउन सफल भएको हो ।

नेपाली समाज कतार प्रवासीहरुका लागि महत्वपूर्ण
फाल्गुन ९, २०८१ | सरगम खबर समाचारदाता
कतार भ्रमणमा रहेका मेयर चौधरीलाई सञ्चारकर्मी
माघ १९, २०८१ | सरगम खबर समाचारदाता
कतारमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
कार्तिक २४, २०८१ | सरगम खबर समाचारदाता
गैर आवासिय मधेशी संघ कतार द्वारा
जेठ १७, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.