शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जनमत पार्टी र अन्तर्राष्ट्रिय गैर आवासिय मधेशी संघमा असन्तुष्टि: जितेन्द्र
आश्वीन २७, २०८१ | सरगम खबर समाचारदाता

दोहा कतार असोज २७ -  
जनमत पार्टी तथा अन्तर्राष्ट्रिय गैर आवासिय मधेशी संघ भित्रको असन्तुष्टि र आन्तरिक विवादले नयाँ मोड लिएको छ। पार्टीका सदस्य जितेन्द्र यादवले पार्टी र संघसँग आफ्नो कुनै पनि सम्बन्ध न रहनेगरी राजीनामा दिएका छन्। यादव, जो अन्तर्राष्ट्रिय गैर आवासिय मधेशी संघका सदस्य र गैर आवासिय मधेशी संघ कतारको स्थाई कमिटी सदस्यका साथै जनमत पार्टीका साधारण सदस्य थिए। उनले पाँच महिनाअघि नै आफ्नो राजीनामा पार्टी अध्यक्ष डा. सी.के. राउतलाई बुझाइसकेको दाबी गरेका छन्।

यादवले आफ्नो राजीनामा पत्र बुझाएको पाँच महिना बितिसक्दा पनि पार्टी र संघका अध्यक्षतर्फबाट कुनै प्रतिक्रिया नआएको गुनासो गरेका छन्। उनले पार्टीको आन्तरिक व्यवस्थापनमा गम्भीर प्रश्न उठाउँदै, आफ्नो मेहनत र योगदानको मूल्याङ्कन नगरेको आरोप लगाएका छन्।यादवले दिएको जानकारी अनुसार जनमत पार्टी तथा अन्तर्राष्ट्रिय गैर आवासिय मधेशी संघमा आफुले विगत पाँच वर्षदेखि दिनरात मेहनत गरेर पार्टीको विस्तार र प्रचारप्रसारमा योगदान पुर्‍याए तापनि, न त देशभित्र न त विदेशमा कुनै मूल्यांकन भएको छ। यादवका अनुसार पार्टीको नेतृत्वले एक व्यक्तिले पार्टीलाई ह्याक (कब्जा) गरेको आरोप लगाएका छन्।  जसको बाबजुद पनि अध्यक्ष डा. सी.के. राउत मौन रहेका छन्।

आफ्नो असन्तुष्टि र राजीनामा घोषणा गर्दै यादवले अब आफू जनमत पार्टी वा अन्तर्राष्ट्रिय गैर आवासिय मधेशी संघको कुनै पनि तहको सदस्य नरहने स्पष्ट पारेका छन्। उनले मिडियामार्फत यस निर्णयलाई सार्वजनिक रूपमा घोषणा गर्दै भविष्यमा पार्टीले आफ्नो गल्ती स्वीकार गरेमा पुन-पार्टीमा सक्रिय हुनेछु।कुनै पार्टी वा संगठनमा नभएर स्वतन्त्र रुपमा समाज सेवा जस्ता कार्य लाई निरन्तरता दिने यादवले बताएका छन्।
 

जनमत पार्टी र अन्तर्राष्ट्रिय गैर आवासिय
आश्वीन २७, २०८१ | सरगम खबर समाचारदाता
गत आर्थिक बर्षको पेश्कीमा भ्रमण
भाद्र २७, २०८१ | फिरोज शेख
डा.सीके राउतलाई कतारमा भव्य स्वागत
फाल्गुन २, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.