शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लायन्स क्लबको संयुक्त पदस्थापना कार्यक्रम सम्पन्न
साउन २०, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० श्रावन २० - 
सिराहाका पाँच लायन्स क्लबको संयुक्त पदस्थापना कार्यक्रम सम्पन्न भएको छ। वर्ष २०२३ /२४ का लागि चयन भएका लायन्स क्लब अफ लहान सनसाइन, लायन्स क्लब अफ लहान सिटि, लायन्स क्लब अफ लहान फूलबारी, लायन्स क्लब अफ धनगढीमाई तथा लायन्स क्लब अफ मिर्चैया सिटिका पदाधिकारीहरुको संयुक्त पदस्थापना कार्यक्रम शुक्रबार राति मारवाडी सेवा सदनमा सम्पन्न भएको हो।लहान नगरपालिकाका मेयर महेश चौधरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा लायन्स क्लब अफ लहान सिटिका अध्यक्ष उमेश साह ,  लायन्स क्लब अफ लहान फूलबारीका अध्यक्ष राजा बाबु साह,लायन्स क्लब अफ लहान सनसाइनकि अध्यक्ष उर्मिला हमाल , लायन्स क्लब अफ धनगढीमाईका अध्यक्ष राम शरण महतो र लायन्स क्लब अफ मिर्चैया सिटिका अध्यक्ष अरुण कुमार सिंहले आफ्ना पदाधिकारीहरु सहित एक बर्षे कार्यकालका लागि पदभार ग्रहण गरेका हुन्। कार्यक्रमको विशिष्ट  अतिथिमा धनगढीमाई नगरपालिकाका मेयर शिवशंकर महताे, लहान नपाका उपमेयर रामचलितर महताे लगायत लायन्स क्लबका केन्द्रिय तथा क्षेत्रीय पदाधिकारीहरु संगै विभिन्न संघ संस्थाका पदाधिकारीहरु रहनु भएको थियो।  लायन्स क्लबले समाजसेवाकाे कार्यलाई अझै विस्तारित रुपमा अगाडि बढाउदै जाने जनाईएकाे छ। कार्यक्रममा दर्जनौं व्यक्तिहरुलाई सम्मान गरिएको थियाे ।
 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.