शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान एभरेष्ट कलेजको २४औ वार्षिकउत्सव सम्पन्न
फाल्गुन ८, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० फागुन ८ - 
सिरहाको लहानमा अवस्थित शैक्षिक वृत्तमा छुट्टै पहिचान बनाएका लहान एभरेष्ट कलेज /माध्यमिक विधालय लहान ३ ले २४ औँ वार्षिक उत्सव तथा अभिभावक दिवसको अवसरमा आयोजना गरेको सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ। आम अभिभावकहरु संगै विभिन्न क्षेत्रका पदाधिकारी तथा प्रतिनिधिहरुको उपस्तिथीमा आयोजित उक्त कार्यक्रमको समुद्घाटन प्रमुख अतिथि लहान नगरपालिकाका उपमेयर रामचलितर महतोले पानसमा दीप प्रज्वलन गरी गर्नु भएको थियो।आठ सय चालिस विधार्थी अध्यनरत उक्त विद्यालयका विद्यार्थीद्वारा प्रस्तुत आम समुदायसँग जोडिएको कला संस्कृति झल्किने नृत्यले कार्यक्रममा मौलिकता र आकर्षण थपिएको थियो। कार्यक्रममा स -साना बालबालिकाहरूले आ-आफ्ना प्रतिभा देखाएका थिए। कार्यक्रममा अभिभावकको तर्फबाट पूर्व उद्योग राज्यमन्त्री पदम   नारायण चौधरी,गङगाराम यादव र पत्रकारहरुको तर्फबाट नेपाल पत्रकार महासंघ सिरहा शाखाका अध्यक्ष मनोज बनैता यादवले एभरेष्ट क्लेजले लहानको शैक्षिक उन्नयनमा एभरेष्ट क्लेजले अहम भूमिका खेलेको चर्चा गर्नुभयो ।

दिवसको अवसरमा कलेजमा पढाउनु हुने प्रध्याकहरु भैरव प्रसाद गेलाल,दिप नारायण साह, कमर्शका शोभा रौनियार शिक्षिकाहरु मनिषा चौधरी, कबिता खडका ,पुनम यादव र प्रशासन शाखाका ललित महतोलाई सम्मान -पत्र र दोसल्ला ओढाएर सम्मानित गरिएको थियो । यसैगरी लहान-१० का डा. अमर गुप्ताले सानो र हलुका गोजीमा राख्न सक्ने एक्सरे अविष्कार गरेर देशको मान-सम्मान बढाउने काम गरेको ठहर गर्दै डा.अमर गुप्ताको पिता अर्जून प्रसाद गुप्तालाई सम्मेत दोसल्ला ओढाएर सम्मानित गरिएको थियो । कार्यक्रममा विद्यालयले उत्कृस्ट विधार्थी ,प्रमुख अतिथि ,विशिष्ट अतिथि तथा अतिथिहरुलाई मायाको चिनोले सम्मान गरेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष संजय राज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घोषण संचारकर्मी रमिता नेपालले गर्नु भएको थियो।
 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.