शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
रोटरी क्लव अफ लहानको चौथो बोर्ड बैठक सम्पन्न
पौष १४, २०८१ | फिरोज शेख

फिरोज शेख लहान २०८१ पौष १४ - 
रोटरी क्लव अफ लहानको चौथो बोर्ड बैठक तथा क्लवको १७३औं नियमित बैठक शनिबार सम्पन्न भएको छ। वर्ष २०२४/०२५ का अध्यक्ष अभिषेक रोशनको अध्यक्षता तथा रोटरी क्लव अफ लहानका संस्थापक सुसिल अग्रवालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठक बाट विभिन्न निर्णय गरिनुका साथै आगामी बर्ष २०२५/०२६ को कार्यकालका लागि निर्वाचित डा.सुभाष बाबु साहको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरिएको छ। नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष अभिषेक रोशन,सचिवमा प्रदिप साह ,कोषाध्यक्षमा उज्जवल साह, प्रशासकीय सचिवमा सुनिल चौधरी ,टि आर एफ सुनिल सिघांची ,पब्लिक इमेज डा.गीता यादव ,सर्भिस प्रोजेक्ट म्यानेजरमा संजय मुन्धडा ,मेम्वरसिप अफिसरमा दिपेन्द्र महतो ,मिडिया कोडिनेटरमा फिरोज शेख चयन भएका छन्। त्यस्तै बैठक बाट वर्ष २०२६/०२७ को अध्यक्षका लागि गोपाल गुप्ताको नाम सिफारिस गरिएको छ भने वर्ष २०२७ /०२८ को अध्यक्षका लागि सुनिल चौधरी उम्मीदवार भएका छन्। रोटरी क्लवको कार्यकाल प्रतेक बर्षको जुलाई बाट सुरु हुने गर्दछ। बैठकमा निवर्तमान अध्यक्ष जय प्रकाश चौधरी , पुर्वअध्यक्ष अशोकलाल अमात्य ,प्रदिप गुप्ता लगायत बोर्ड पदाधिकारीहरुको उपस्तिथी रहेको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.