शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
पञ्चावती राजदेवी मन्दिरमा भक्तजनको घुइँचो
जेठ १०, २०८१ | फिरोज शेख

फिरोज शेख लहान २०८१ जेठ १० - 
सिरहाको लहान नगरपालिकाका १५ ढोढनास्थित पञ्चावती राजदेवी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । मनोकांक्षा पूरा हुने विश्वासमा यहाँ बोका र परेवाको बलि चढाइन्छ । यो वर्ष करिब २० देखि २२ हजार बोकाको बलि दिइने मेला आयोजक समितिको अनुमान छ ।शान्तिको कामना गर्दै बुद्धजयन्ती मनाइरहँदा सोही दिनमै हजारौं पशुपन्छीको बलि दिइएको भन्दै टिप्पणीसमेत हुने गरेको छ ।राजदेवी मातालाई भाकल गर्दा सन्तान प्राप्ति हुने, रोगबाट मुक्ति मिल्ने र मनोकांक्षा पूरा हुने जनविश्वास छ । सोही विश्वासका साथ आजको दिन बली चढाइन्छ । बोका र परेवाको बली दिनेको संख्या वर्षेनी बढ्दै गएको स्थानीय बताउँछन् ।लहान बजारदेखि मन्दिर करिब सात किलोमिटर उत्तरमा पर्छ । यो क्षेत्रमा अहिले जताततै भीड देख्न सकिन्छ । अत्यधिक भीडकै कारण लहान बजारदेखि मन्दिर पुग्न घण्टौं लाग्छ । सडक व्यवस्थापनमा सयौं ट्राफिक प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । सिरहा, सप्तरी, उदयपुर, धनुषासहित छिमेकी मुलुक भारतको बिहार राज्यका श्रद्धालुहरू मेला भर्न र बलि चढाउन आएका छन् ।

मन्दिर क्षेत्र १ बिघा ५ कठ्ठा ५ धुर क्षेत्रफलमा फैलिएको छ । पहिले जङ्गलको बीचमा मन्दिर थियो । तर, अहिले जंगल फडानी भइसकेको छ ।उक्त मन्दिरमा बलि चढाउने परम्पराको सुरूवात सयौं वर्ष अगाडि भएको स्थानीय बताउँछन् । त्यहाँ पहिले मन्दिर थिएन । गाउँलेहरू गोठाला जान्थे । तर, दिनहुँ गाईवस्तु हराउन थालेपछि दिलाराम भट्ट नामका धामीले पूजापाठ गरे । उनले राति सपनामा राजदेवी माता देखे र माताले नै बलि चढाउन भनेपछि पहिलोपटक बलि चढाएको र वस्तुभाउ हराउने समस्याबाट मुक्ति पाएको बुढापाकाहरू बताउँछन् । उनै धामी भट्टका परिवारका सदस्य अहिलेसम्म मन्दिरका पूजारी छन् । मन्दिर बनेपछि भाकल गर्नेको संख्या वर्षेनी बढ्दै गएको र हरेक बर्ष लाख भन्दा बढी भक्तजनहरु दर्शन पुग्ने गरेका छन्।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.