शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मुस्लिम समुदाय आज ‘शब–ए–बारात’ पर्व मनाउँदै
फाल्गुन १३, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० फागुन १३ - 
इस्लाम धर्मावलम्बीले आज ‘शब–ए–बारात’ पर्व धुमधामका साथ मनाउँदै छन् । इस्लाम धर्मावलम्बीहरूले ‘शब–ए–बारात’मा रातभर जाग्राम बसेर सामूहिक नमाज पढ्ने, कुरान खानि, फतिहा गराउने तथा कब्रिस्तान (चिहानस्थल) मा गएर मृत्यु भएका आफन्त तथा नजिकका नातेदारका लागि दुवा (प्रर्थाना) गर्ने गर्छन् ।‘शब–ए–बारात’को १० दिन अघिदेखि मुस्लिम सामुदायका व्यक्तिहरूले घरको सरसफाईदेखि कब्रिस्तानको सरसफाई गर्ने गर्छन् । ‘शब–ए–बारात’को राति , पुरी ,खिर ,मासु ,चाना ,सुजी सहितका हलुवा बनाई फतिहा गराउने चलन छन् । त्यसैगरी, धार्मिक गुरुहरूलाई घरमा बोलाई कुरानन खानि (कुरान पढाउने), मिलाद गर्ने, गरिब विपन्नहरूलाई घरमा बोलाई मिठो परिकार खुवाउने तथा उनीहरूलाई दानदक्षिण दिने गर्छन् ।

‘शब–ए–बारात’मा रातभरि जाग्राम बसेर धार्मिक क्रियाकलाप गरेको खण्डमा अल्लाह खुसी हुने र चिताएको पूरा हुनुका साथै विगतमा गरेका 'पाप'बाट मुक्ति पाइने जन विश्वास रहेको लहानका इस्लामिक धार्मगुरु हजरत मौलाना अताबुल रहमानले बताए । लहान ५ का वडा अध्यक्ष तथा दारुल उल्लुम हनफिया असर्फिया मदरसाका अध्यक्ष अब्दुल करिमले भने, ‘शब–ए–बारात’ भनेको ईबादत (धर्मकर्म) को राति हो, यो राति मान्छेले जति धर्म गर्छन्, तो अन्य दिनको तुलनामा ७० गुणा बढी पुण्य पाउँछन् । त्यसैले मुस्लिम सामुदायले ‘शब–ए–बारात’लाई धुमधामका साथ मनाउने गर्छन् ।' शब–ए–बारात सम्पन्न भएको १५ दिनपछि रमजान पर्व सुरु हुने उनले बताए।‘शब–ए–बारात’पर्वका लागि मुस्लिम समुदायका युवाहरुले लहानक्षेत्रका जामा मस्जिद लगायत कब्रिस्तानलाई दुल्हनझैँ सिंगारी झकिझकाउ बनाउदा मुस्लिम समुदाय बसोबास गर्ने बस्तीमा रौनक देखिएको छ।  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.