शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान १७ मा गए राति ६ घरमा डकैति
जेठ १, २०८१ | फिरोज शेख

फिरोज शेख लहान २०८१ जेठ १ - 
सिरहाको लहानमा गए राति डकैति भएको छ। ३०/३५ जनाको समुहमा आएका डाकाहरुले लहान नगरपालिका वडा न. १७ हरिपुरमा हरिपुर टोलमा गएराति एक साथ ६ घरमा डकैति भएको छ। हाते हतियार ,पेस्तोल र बम सहित डकैति गर्न आएका डाकाहरुले बम पड्काउदै स्थानीय राजदेव यादव, अजयकुमार यादव, रामबाबु ठाकुर, रामअवतार ठाकुर, रामप्रसाद यादव, निरंजन यादवको घरमा कुटपिट गर्दै डकैति गरेको स्थानीयले जनाएका छन्। डाकाहरुले ६ वटै घरबाट नगद र गरहना लुटेका हुन्। डकैति गर्ने क्रममा प्रतिकार गर्दा आधा दर्जन सथीय घाइते भएका छन्। घाइतेहरु मध्ये योगेन्द्र यादव र निरंजन यादव गम्भीर घाइते भएका छन्। गम्भीर घाइते दुवै जनालाई उपचारका लागि बिराटनगर पठाईएको छ। अन्य घाइतेहरु रामबाबु यादव, विरछ ठाकुर, जोगिन्द्र यादव र मनि यादवको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। यसै बीच डाकाबाट पीडित भएका परिवारलाई राहत र घाइतेलाई उपचारका लागि लहान नगरपालिकाबाट एक/एक लाख रुपैयाँ उपलब्ध गराउने मेयर महेश चौधरीले जनाएका छन्।घटना स्थलमा प्रहरी पुगी अहिले अनुशन्धान गरिरहेका छन्।

लहानबाट चाँदीको गहना सहित एक पक्राउ
भाद्र १७, २०८१ | फिरोज शेख
लहान १७ मा गए राति ६
जेठ १, २०८१ | फिरोज शेख
लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.