शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाको लहानबाट हतियार सहित ३ जना पक्राउ
कार्तिक २१, २०८० | फिरोज शेख

सिरहा लहान २०८० कार्तिक २१ - 
सिरहाको लहानबाट पेस्तोल र गोलि सहित ३ जना पक्राउ  परेका छन् हिजो साँझ करिब ६ बजेको समयमा सशस्त्र प्रहरी बल नेपाल इन्टिलिजेन्स ब्युरोको विशेष सुचनाको आधारमा सिरहाको लहान नगरपालिका १ सिन्ग्राहीबाट सशस्त्र प्रहरी बल लहानका डिएसपी नविन बुढाथोकिको कमाण्डमा खटिएको टोलीले चेक जाँच गर्ने क्रममा स.९ प. ४९७१ यामाहा मोटरसाईकलमा सवार संकास्पद ३ जना व्यक्तिहरुको साथबाट आधुनिक हतियार 9 MM ब्राउनिंग पेस्तोल , सोको म्यागजिन राउण्ड २ थान ,नगद रुपैया एक लाख चौरासी हजार दुइ सय त्रिपन्न , ४ थान मोबाइल सेटका साथै विभिन्न कम्पनिको चार लाख चौसठी हजार पाँच सय मुल्य बराबरको मोबाइल रिचार्ज कार्ड बरामद गरेको सशस्त्र प्रहरी बल लहानका डिएसपी नविन बुढाथोकिले जानकारी दिए। पक्राउ पर्नेहरुमा सप्तरी सुरुङ्गा नगरपालिका वडा न० ८ बस्ने वर्ष ३२ का अनिल राम ,सप्तरी सुरुङ्गा नगरपालिका वडा न० ५  बस्ने वर्ष ३० का जिवानंद चौधरी र सप्तरी जिल्लाकै खडग नगरपालिका ४ बस्ने वर्ष ३५ को संजय कुमार चौधरी रहेका छ। पक्राउ परेकाहरुमाथि थप अनुशन्धान भैरहेको प्रहरीले जनाएको छ। 

लहान १७ मा गए राति ६
जेठ १, २०८१ | फिरोज शेख
लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.