शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहानमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु
फाल्गुन १६, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० फागुन १६ - 
लहानमा नगर स्तरीय अन्तर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सुरु भएको छ। लहान नगरपालिका शिक्षा,युवा तथा खेलकुद शाखाको आयोजनामा बुधबार देखि राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता २०८० सुरु भएको हो । प्रतियोगिताको लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरीले उद्घाटन गरेका छन्। प्रमुख चौधरीले लहानबाट राष्ट्रिय,अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न योग्य खेलाडी उत्पादनमा नगरले लगानी गर्ने बताए । उनले विद्यालयस्तरबाटै खेलाडी उत्पादन गर्न सकेमा मात्रै खेल क्षेत्रको प्रगति हुनसक्ने र खेलबाटै जीविकोपार्जन गर्नसक्ने गरी जनशक्ति उत्पादन हुने बताउदै आर्थिक बर्ष २०८१/०८२ मा प्रत्येक विद्यालयलाई अतिरिक्त क्रियाकलापका लागि दश हजार रुपैया प्रदान गर्ने उद्घोष समेत गरेका छन्।

लहान नगरपालिकाका उपप्रमुख राम चलितर महतोले खेलक्षेत्रको माध्यमबाट विद्यार्थीको प्रतिभा पहिचान गर्ने र सोही अनुसारको वातावरण तयार गर्ने काममा नगरले पर्याप्त चासो र लगानी गरेको बताउदै लागुऔषधमा लागिरहेका युवाहरुको पहिचान गरि खेल तर्फ आकर्षण बढाउने कुरामा जोड दिए। त्यस्तै नेपाल पत्रकार महासंघ सिराहाका सभापति शुभकामना मन्तव्य राख्ने क्रममा यस बर्ष देखि सामुदायिक विद्यालय संगै संस्थागत विद्यालयलाई पनि समेटेकोमा धन्यवाद ज्ञापन गर्दै अनुगमनको क्रममा सामुदायिक विद्यालय संगै संस्थागत विद्यालयहरुको पनि अनुगमन हुने पर्ने कुरामा जोड दिए।

तीन दिनसम्म चल्ने प्रतियोगितामा ३० बन्दा बढी सामुदायिक र संस्थागत विद्यालयहरुले सहभागिता जनाएको र १८ वर्षभन्दा मुनिका विद्यार्थीले भाग लिएको शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख अमिरी यादले जानकारी दिए। प्रतियोगितामा खेलाइने फिल्ड हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटपुट, रिले दौड, भलिबल, कबड्डी, तेक्वान्दो लगायतका खेलहरुमा सब भन्दा बढी खेल जित्ने विद्यालयलाई प्रथम र त्यो भन्दा कम खेल जित्ने विद्यालयलाई द्वितीय घोषणा गरिने जनाइएको छ। विजेता विद्यालयलाई शिल्ड र मेडल प्रदान गरिने शिक्षा,युवा तथा खेलकुद शाखाका बिनि मनोज यादवले जानकारी दिए। कार्यक्रमको उद्घाटन सत्र लहान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु साहको अध्यक्षतामा सम्पन्न भएको थियो। उद्घाटन सत्रमा विभिन्न वडाका वडाध्यक्ष ,शिक्षा समितिका विज्ञ तथा सदस्यहरु ,सामुदायिक र संस्थागत विद्यालयहरुका प्रधानाध्यपक,संचारकर्मी,शिक्षक ,शिक्षिका,विद्यार्थी लगायत अभिभावकहरुको उपस्तिथी रहेको थियो। उद्घाटन सत्रमा लहान प्यारागन सकुल , ललकु मावि , एसओएस, पशुपति आदर्श मावि लगायतका विद्यालयमा अध्यनरत छात्रछात्राहरुले सांस्कृतिक प्रस्तुति संगै मार्चपास गरेका थिए। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.