शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सप्तरीका आगलागी पीडितलाई रोटरी क्लवको राहत
बैशाख २५, २०८१ | फिरोज शेख

फिरोज शेख लहान २०८१ बैशाख २५ - 
सप्तरीको महदेवा गाउँपालिका १ चिम्टिको आगलागी पीडितलाई रोटरी क्लवले राहात प्रदान गरेको छ। रोटरी क्लव अफ इन्टरनेशनल ,रोटरी क्लव अफ लहान र रोटरी क्लव अफ बर्दिबासले संयुक्त रुपमा अगलागी पीडित ४६ घरपरिवारलाई घरायसी काममा प्रयोग हुने विभिन्न सामग्री भएको ४६ थान "शोसल एकवा बक्स" प्रदान गरेको हो।प्रत्येक पीडित परीवारलाई करिब ८ हाजर पर्ने एक–एक थान "शोसल अकुवा बक्स" प्रदान गरिएको रोटरी क्लव अफ लहानका अध्यक्ष जय प्रकाश चौधरीले जानकारी दिए।उनका अनुसार रोटरी क्लव अफ लहानको पहलमा रोटरी क्लव अफ इन्टरनेशनल संग समन्वय गरी जापान बाट पठाईएका राहत सामग्रीहरु संयुक्त रुपमा पीडितसम्म पुर्याएका हौ। बक्स भित्र एकवा कम्पनीको वाटर फिल्टर मेसिन,ठुलो तोलिया,नुहाउने साबुन ,धागो ,पिलास ,कर्छुल ,पेन्सिल ,कैची ,रबरको डोरी ,एक दर्जन कचौरा ,चम्चा ,स्टिलको खाना पकाउने भाडा २ थान ,बाल्टिन २ थान ,स्यानो तोलिया ,पाँच वटा प्लेट ,ग्लास पाँच वटा ,चाकु ,नेल कटर,बच्चाले खेल्ने बल ,प्लास्टिक डोरी ,कपी ,काटी ,त्रिपाल ४ थान ,बेल्चा ,आरा ,हथौरी ,सामान राख्ने ब्याग "शोसल एकवा बक्स" भित्र रहेको थियो भने बच्चाहरुका लागि बिस्कुट र चाउचाउको पनि ब्यबस्था गरी वितरण गरिएको रोटरी क्लव अफ बर्दिबासका अध्यक्ष कृष्ण प्रसाद गौतमले जानकारी दिए। राहत वितरणका लागि रोटरी क्लव अफ लहान र बर्दीबासका अध्यक्ष संगै लहानका निवर्तमान अध्यक्ष प्रदिप गुप्ता ,कोषाध्यक्ष नागेन्द्र साह ,संस्थापक अध्यक्ष शुसिल अग्रवाल लगायत पुनम चौधरी,निरज गुप्ता ,फिरोज शेख लगायतका व्यक्तिहरु गाउँमै पुगेका थिए।

सप्तरीको राजविराजबाट झन्डै ७ किलोमिटर दूरीको यो गाउँमा गत मंगलबार आगलागी भएको थियो।स्थानीय शत्रुधन यादवको गोठबाट सुरु भएको आगलागी केही बेरमै पूरै गाउँमा फैलियो। बाँस तथा माटोका ढाँचामाथि फुस, जस्ता र खपडाका छाना भएका घरहरूमा बेगले चलेको हावाले आगो फैलाएको थियो।वडा अध्यक्ष जसो दासका अनुसार यहाँका २ सय ८० घर टहरा, गोठ र भुसघर जलेर नष्ट भएका छन्।
 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.