शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
चिकित्सक संघको प्रचार प्रसार कार्यक्रम सम्पन्न
असाड ३, २०८१ | फिरोज शेख

फिरोज शेख लहान २०८१ असार २ - 
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन प्रभावकारी कार्यान्वयनमा ल्याउने उद्देश्यले नेपाल चिकित्सक संघ (एनएमए) ले शुरु गरेको देशव्यापी प्रचार अभियानको कार्यक्रम शनिबार सिरहाको लहानमा सम्पन्न भएको छ ।नेपाल चिकित्सक संघ (एनएमए) मधेश प्रदेशका अध्यक्ष डा. निरज सिंहको अध्यक्षतामा भएको कार्यक्रममा संघका महासचिव डा. सञ्जीव तिवारीले चिकित्सक तथा स्वास्थ्यकर्मीहरुमाथि हुने गरेको सांघातिक आक्रमण, स्वास्थ्य संस्थामा हुने गरेको तोडफोड तथा हुलहुज्जत, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा हुने गरेका अमानवीय घटनाक्रमहरु निरन्तर रूपमा बढ्दै गएको बताउँदै त्यससँग सम्बन्धित भिडियो सामग्री प्रस्तुत गर्नुभएको थियो । उहाँले यस्ता घटनालाई नियन्त्रण गर्न २०६६ सालमा आएको स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनको पहिलो संशोधन २०७९ का बारेमा जानकारी दिदै कार्यान्वयनको पक्ष भने फितलो भएको बताउनुभयो ।

नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहयोगमा लहान सहित देशका विभिन्न स्थानमा बहुपक्षीय छलफल र कानुनको प्रचारप्रसार कार्यक्रम गरिरहेको छ । धनगढीमाई नगरपालिकामा अवस्थित बाटिका टुरिजम प्रालिको सभा हलमा भएको कार्यक्रममा कानुन कार्यान्वयनको अवस्था, प्रभावकारी कार्यान्वयनमा नआउँदा भइरहेका घटना, कानुनका विषयमा आम नागरिक तथा सरोकारवाला निकायमा भएको जानकारी, भोलिका दिनमा कसरी कानुनको प्रभावकारी कार्यान्वयन गर्नेलगायतका विषयमा बहुपक्षीय छलफल भएको छ । कार्यक्रममा इलाका प्रशासन कर्यालय लाहानका प्रमुख लिलाकान्त पौडेल,ईलाका प्रहरी कार्यलय लहानका डिएसपी बिष्णु प्रसाद सोती, नेपाल पत्रकार महासंघ सिरहा शाखा सभापति मनोज बनैता ,नेपाली कांग्रेस लहान नगर अध्यक्ष संजय यादव ,नेकपा एकीकृत समाजवादी नगर अध्यक्ष बिनोद साह , लहान क्यान्सर केयरका सभापति अशोकलाल अमात्य,नेपाल चिकित्सक संघ (एनएमए) सिराहाका सभापति डा.शुभाष बाबु साह लगायतका पदाधिकारी तथा स्वास्थ्यकर्मीहरु संगै उपस्थित संचारकर्मी ,बुद्धिजीवी ,राजनितिकर्मीहरुले ऐनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको थियो ।

कार्यक्रमका सहभागीहरुले चिकित्सकको व्यवहार सुधारसँगै स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा हुने गरेका घटना रोक्न ऐनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा सहभागीहरुले चिकित्सक तथा स्वास्थ्य संस्थाले सुधार्नुपर्ने आचरण र ऐनको प्रभावकारी कार्यान्वयनका विषयमा सरोकार निकाय गम्भीर हुनुपर्नेमा जोड दिएका थिए। अन्तरक्रियाको क्रममा डा.मिश्री लालले विभिन्न घटनामा राजनीति दलका दलालहरु सक्रिय भई घटनालाई राजनीतिक रङ दिएको अभिव्यक्ति दिए पछि माहोल तातिएको थियो। नेपाली कांग्रेस लहान नगर अध्यक्ष संजय यादवले अशन्तुष्टी जनाउदै आफ्नो शब्द फिर्ता लिन र तुरुन्त माफी मागन चेतावनी दिएका थिए। आयोजकको तर्फ बाट केहि त्रुटी देखिएपनि समग्र रुपमा कार्यक्रम निकै प्रभावकारी भएको उपस्थित सबैले प्रतिक्रिया दिएका थिए। आयोजकले सिरहा जिल्लाका १७ वटै स्थानीय तहका प्रमुख ,अध्यक्ष तथा सम्बन्धित सम्पूर्ण सरोकारवालाहरुलाई बोलाए पनि उपस्तिथी न्यून देखिएको थियो। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.