शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान एक्स्पो मधेश प्रदेश अन्तराष्ट्रिय महोत्सव शुरु
बैशाख १, २०८१ | फिरोज शेख

फिरोज शेख लहान २०८१ बैशाख १ - 
लहान एक्स्पो मधेश प्रदेश अन्तराष्ट्रिय महोत्सव २०८० हिजो बाट शुरु भएको छ। उपप्रधानमन्त्री एवम भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र मधेश प्रदेशका स्वास्थ्य मन्त्री शत्रुुधन सिंहले लहान एक्स्पो मधेश प्रदेश अन्तराष्ट्रिय महोत्सवको उद्घाटन गर्नु भएको छ ।लहानको पशुपति माध्यमिक विद्यालय लहान मटिर्वाको प्राङ्घनमा जिल्ला उद्योग वाणिज्य सङ्घको आयोजनामा महोत्सव शुरु भएको हो।उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यतायातमन्त्री रघुबीर महासेठले दलगत स्वार्थभन्दा माथि उठे मात्र देशको विकास सम्भव हुने बताउनुभएको छ । सता गठबन्धन परिवर्तन भएपछि वर्तमान सरकारले देशमा विकास र समृद्धिको माहोल बनाउन लागिपरेको उहाँको भनाइ छ । सरकारले राम्रो कामको थालनी गर्दा सबै दलले सामुहिक रुपमा सहयोग गर्ने वातावरण बन्न नसक्दा विकासले गति लिन नसेको उपप्रधानमन्त्री महासेठले प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘दुई प्रतिशत अर्थिक वृद्धिदरभन्दा कम भइरहेको अवस्थामा हाम्रो दल नेकपा (एमाले) सरकारमा सहभागी भयो ।अहिले तीन प्रतिशतभन्दा बढी अर्थिक वृद्धिदर हुन थालेको छ । २०७४ सालमा सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमाजस्तै समृद्धि र विकासको कामले गति लिने विश्वास लिएका छौं ।’व्यापार व्यवसाय प्रवर्धनका लागि समृद्धिको आधार कृषि पर्यटन उद्योग र व्यापार नाराका साथ आयोजना गरिएको लहान एक्सपोले आफूले उत्पादन गरेको बस्तुहरु निर्यात गर्न एक्सपो सफल होस् उपप्रधानमन्त्री महासेठले सुभकामना दिनुभयो ।

सिरहाको विकासप्रति सङघीय सरकारले कुनै भेदभाव नगरेको उपप्रधानमन्त्री महासेठले भन्नुभयो । ‘आफू २०७४ सालमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री हुँदा तराई मधेश विशेष कार्यक्रम अन्तर्गत २७ वटा योजनाहरु र ८० वटा राष्ट्रिय राजमार्गमध्ये चारवटा सिरहामा नै दिएको बताउनुभयो ।मधेश प्रदेशमा रहेको धार्मिक पर्यटकीय स्थलहरुको विकास गर्न निजी क्षेत्रहरुले पर्यटकका लागि होटलहरु सञ्चालनमा ल्याउन आवश्यक रहेको उहाँको भनाइ छ । जनकपूरमा रहेको होेलभन्दा बर्दिवास र ढल्केवरका होटेलहरुमा भारतीय पर्यटकहरु बस्न रुचाएको उहाँको बुझाइ छ ।

कार्यक्रममा जिल्ला उद्योग वाणिज्य महासंघ लहानका अध्यक्ष विकास सारडाले समृद्धिको अधार कृषि, पर्यटन उद्योग र व्यापार मुल नाराका साथ शुरु भएको लहान एक्स्पो मधेश प्रदेश अन्तराष्ट्रिय महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए ।बैशाख १० गते सम्म सञ्चालन हुने महोत्सवलाई मधेश प्रदेश अन्तराष्ट्रिय पर्यटन, कृषि तथा औद्योगिक व्यापार विकास गर्ने अपेक्षाका साथ सञ्चालन गरिएको हो । जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष सारडाका अनुसार महोत्सवमा १२९ स्टल जस मध्य १० स्टल बगंलादेश, पाकिस्तान , भारतका  ब्यपारीको लागि राखिएको बताए ।सुरु भएको महोत्सवमा विभिन्न जातजातिका झाँकी, स्थानीय कला–संस्कृति, कृषि उत्पादतनलगायत प्रदर्शनीमा राखिएको छ । महोत्सवमा मधेश प्रदेशका स्थानीय खानका सामग्री ( कोदोको रोटी, घोघी लगायतका ) र अन्तराष्ट्रिय र स्थानीय उत्पादन बिक्री–वितरणका लागि राखिएको छ ।

उद्घाटन  कार्यक्रममा पूर्व कानूनमन्त्री तथा सिरहा–३ का सङघीय सांसद लिलानाथ श्रेष्ठ, सिरहा–१ का सङघीय सांसाद रामशङकर यादव, गङगाप्रसाद यादव, मधेश प्रदेशका स्वास्थ्यमन्त्री शत्रुधनप्रसाद सिंह, प्रदेश सभा सदस्यहरु राजेन्द्रप्रसाद चौधरी, सञ्जय यादव, ललिता दास, जिवछी यादव, मनोजसिंह, सिरहा जिल्ला समन्वय समिति प्रमुख दिनेश महतो र विभिन्न पालिका प्रमुखहरुको उपस्थिति थियो ।  मनोरंजनको कार्यक्रम अन्तर्गत हिजो प्रिति पासमान, आशिष अविरल, र्‍याप आयुष अधिकारी लगायत बिराटनगर र काठमाडौंका ग्रुप डान्सरहरुले महोत्सव अवलोकन गर्न आएका दर्शकहरुलाई भरिपूर्ण मनोरंजन गराएका छन्। नयाँ बर्ष २०८१ बैशाख एक गते शनिबारका दिन राज कुस्मे ,अन्जिला रेग्मी , र्‍याप आयुष अधिकारी , विना धिताल डान्सर लगायतको प्रस्तुति रहने आयोजकले जनाएका छन्। 

 

 


 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.