शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाको महेशवारीमा ३ दिने योग शिबिर सुरु
चैत्र १५, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० चैत १५ - 
"योग गरो निरोग रहो " नाराको साथ सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा ५ स्थित इटहर्वा स्वास्थ्य चौकी महेशवारीमा विहिबार बाट ३ दिने योग शिविर सुरु भएको छ । सखुवानन्कारकट्टी गाउँपालिका अन्तर्गत रहेको नागरिक आरोग्य सेवा केन्द्रको आयोजनामा  योग शिविर संचालन गरिएको नागरिक आरोग्य सेवा केन्द्र आयुर्वेद कार्यलय प्रमुख ज्योतिकला कुशवाहाले जानकारी गराउनु भयो। शिविरको उद्घाटन सखुवानन्कारकट्टी गाउँपालिका अध्यक्ष केदार प्रसाद यादव प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। उद्घाटन सत्रको विशिष्ट अतिथिहरुमा गाउँपालिका उपाध्यक्ष निलम यादव ,प्रमुख प्रशासकीय अधिकृत राजीव कुमार झा ,योग प्रशिक्षक डा.विजय कुमार सिंह ( आयुर्वेदा  टिचिङ्ग होस्पिटल किर्तिपुर काठमाडौँ ) ,धिरेन्द्र कुमार सिंह ( बिरगंज ) ,बैजनाथ साह ( महुली सप्तरी ) लगायत समाजसेवी ,बुद्धिजीवी ,राजनीतिकर्मी ,प्रशासनिक निकायका पदाधिकारीहरु संगै सर्वसाधारणहरुको उपस्तिथी रहेको थियो। 
 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.