शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान ८ का क्रिकेट खिलाडीहरु सम्मानित

7 Views

चैत्र १, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० चैत १ - 
लहान नगरपालिका वडा न.८ का पुर्व वडा अध्यक्ष विजय कुमार महतो द्वारा लहान ८ का क्रिकेट खिलाडीहरु सम्मानित भएका छन्।भगवानपुर गाउँपालिकाले आयोजना गरेको पहिलो अध्यक्ष टि -२० किर्केट प्रतियोगिताको फाइनल खेलमा आयोजक भगवानपुर गाउँपालिकालाई ६ विकेटले हराउदै लहान नगरपालिका टिम उपाधि जित्न सफल भएको थियो। उक्त प्रतियोगितामा लहान नगरपालिको  टिममा सहभागी भएका वडा न.८ का खिलाडीहरु राकेश  कामैत ,सुमितचन्द्र देव ,निशान्त यादव ,अजित साह,अनिश मण्डल र रामआशिष मण्डललाई  पुर्व वडा अध्यक्ष विजय कुमार महतोले एक कार्यक्रमको आयोजना गरि उज्जवल भविष्यको कामना गर्दै खेल मार्फत लहान नगरपालिका संगै आफ्नो वडाको गरिमा बढाउन उत्कृष्ट कार्य गरि रहेको भन्दै धन्यवाद ज्ञापन सहित सम्मान गरेका छन्। प्रतियोगिताको फाइनल खेलमा आयोजक टिमले टस जितेर पहिला ब्याटिंग गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै ८४ रनको योगफल तयार गरेको थियो। ८५ रनको लक्ष्य सहित मैदानमा उत्रेको लहान क्रिकेट टिम ७ ओभर २ बल खेल्दै ४ विकेटको क्षतिमा अनिश मण्डल र प्रवेश यादवको सम्मान २९ / २९ रनको मदतले उपाधि सहित नगत ५१ हजार हात पारेका थिए। प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान लहान ५ का इन्तखाब अहमद घोषित भएका थिए।
 

च्याम्पियन्स ट्रफी भारतलाई
फाल्गुन २६, २०८१ | सरगम खबर समाचारदाता
उपमेयर कपको फाइनल खेल आज :
फाल्गुन २४, २०८१ | फिरोज शेख
उपमेयर कप क्रिकेटको अन्तिम लिग खेलमा
फाल्गुन १६, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.