शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
चिम्टिका अग्नि पीडितलाई सगरमाथा लुम्बिनी इन्स्योरेन्सको राहत

4 Views

असाड २, २०८१ | फिरोज शेख

फिरोज शेख लहान २०८१ असार १ - 
सप्तरीको महदेवा गाउँपालिका - १ चिम्टिका अग्नि पीडितलाई सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले राहत सामग्री हस्तान्तरण  गरेका छन्। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड केन्द्रिय कार्यलयले लहानमा अवस्थित आफ्नो शाखा मार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्दै अग्नि पीडित ६६ घरपरिवारलाई खाद्यान्न सामग्री वितरण गरेका हुन्। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी  लिमिटेडले प्रत्येक परिवारलाई राहत स्वरूप चामल २५ किलो, दाल ५ किलो, चिउरा १ किलो , भुजा ३ किलो ,खाने तेल १ लिटर, नुन १ किलो  र सोयाविन २५० ग्राम हस्तान्तरण गरेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले जानकारी दिए। राहत वितरणका लागि कम्पनीका विभिन्न पदाधिकारीहरु गाउँमै पुगेका थिए।

सप्तरीको राजविराजबाट झन्डै ७ किलोमिटर दूरीको यो गाउँमा गत बैशाख १८ गते मंगलवारका आगलागी भएको थियो।स्थानीय शत्रुधन यादवको गोठबाट सुरु भएको आगलागी केही बेरमै पूरै गाउँमा फैलिएको थियो। वडा अध्यक्ष जसो दासका अनुसार यहाँका २ सय ८० घर टहरा, गोठ र भुसघर जलेर नष्ट भएका थिए।

नि: शुल्क शिविरमा पाँच सय भन्दा
फाल्गुन २८, २०८१ | फिरोज शेख
लहानमा जारि उपमेयर कप क्रिकेटमा लाहान
फाल्गुन १५, २०८१ | फिरोज शेख
कतारमा मधेस प्रदेश समन्वय परिषदद्वारा आयोजित
फाल्गुन १०, २०८१ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.