शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
पत्रकारहरुलाई पत्रकारिताको आचार संहिता पालना गर्न सुझाव
फाल्गुन ४, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० फागुन ४ - 
राष्ट्रिय समाचार समिति (रासस) सिरहाले शुक्रबार  ६३ औं वार्षिक उत्सवको अवसर पारेर सिरहाको लहानमा आयोजना गरेको “जिम्मेवार पत्रकारिता र राससको भूमिका” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरुले पत्रकारिताको आचार संहिताको पूर्णपालना गर्दै पत्रकारहरुले सत्य तथ्य समाचार सम्प्रेषण गर्नु पर्ने सुझाव दिएका छन् ।अन्तरक्रियाका प्रमुख अतिथि लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले पत्रकारहरुले सही सत्य सूचना खोजी गरी समाचार प्रकाशन प्रसारणमा ध्यान दिनु पर्ने आवश्यक रहेको बताएका छन्। 
उनले जिम्मेवार र मर्यादित पत्रकारिताले यस क्षेत्रको विकास र विश्वासनीयता कायम गर्न मद्दत पुग्ने बताए । रासस सरकारी मिडिया संस्था भएकाले सरकारको गतिविधिलाई समाचारमा प्राथमिकता दिए पनि स्थानीय सरकारको राम्रा वा नराम्रा जस्तो सुकै कार्य भए पनि पाठक समक्ष ल्यानु पर्नेमा जोड दिए । पत्रकारिता गर्नेहरुलाई सरकारले न्युत्तम पारिश्रमिक निरधारण गर्नुपर्ने जिकिर गर्दै उनले सिरहामा भइरहेको बिभिन्न घटनाहरु प्रति जिम्मेवार पत्रकारहरुले कलम चलाउनुपर्नेमा जोड दिदै बुधबार लहानमा भएको आपसी समझदारीको घटनालाई पत्रकारहरुले हतार- हतारमा सत्य तथ्य नबुझी लहानमा सामुहिक बलात्कार भयो भन्दै लहानलाई बदनाम गराएको भन्दै दुखेसो पोखे।

नेपाल पत्रकार महासंघ सिरहाका अध्यक्षा मनोज बनैताले राससले यसबर्षदेखि जिल्ला÷जिल्लामा बार्षिकोत्सव मनाउन लागेको भन्दै शुभकामना दिएका थिए । उनले पत्रकारिता पेशा जिम्मेवार भएकाले पत्रकारहरुले सामाजिक परिर्वतनमा अहम भुमिका खेल्नुपर्ने बताए । अहिले डिजिटल युग भएकाले पत्रकारितामा पनि परिर्वतन हुनुपर्नेमा जोड दिदै उनले राससले पनि जालझैलबाट मुक्त भई निश्पक्ष समाचार सम्प्रेसन गर्नुपर्ने विचार राख्दै पत्रकार जिम्मेवार हुनुपर्ने र सधै सरकारको पक्षमा समाचार मात्र नभई प्रतिपक्षको समाचारलाई पनि प्राथमिकता दिनु पर्नेमा जोड दिए। उनले जिम्मेवार पत्रकार स्वतन्त्र पत्रकार भएर काम गर्नुपर्ने भन्दै उनले भ्रमपुर्ण समाचारका कारण पनि युटुवरहरुले गर्दा सामाजिक बिकृती बढिरहेको बताए। युटुवरहरुले भियुज पाउन बढी अमर्यादित हुँदै गइरहेको र गैरपत्रकारहरु जसलाई पत्रकारिताको " प " पनि थाहा छैन उनीहरु मोटर साइकलको भाइजर्मा ठुला ठुला अक्षरमा प्रेस लेखेर घुमीरहेको जिकिर गर्दै यस्ता तत्वहरुलाई निरुत्साहित गर्न जरुरि रहेको जिकिर समेत गरे।

लहान नगरपालिकाका उपमेयर राम चलितर महतोले केही गैरपत्रकारको गैरकानुनी गतिविधिले समग्र पत्रकारिता क्षेत्रलाई नै बदनाम गर्न लागेको भन्दै यसको रोकथामका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको औल्याए । उनले केहि दिन अगाडी आफु दुई जना प्रदेश सभा सदस्य संग एक कार्यक्रममा सहभागी हुन् जनकपुर गएको र फर्किने बेला बाटोमा एक होटलमा नास्ता खान छिरेको बखत एक जना अपरिचित पत्रकारले फोटो खिची सत्य तथ्य नबुझ्दै आफु संग कुनै सोधपुछनै नगरी फेसबुकमा नानाथरि लेखेको र भोलि पल्ट मलाई फोन गरि बर्गेनिग गरेको घटना सुनाउदै दुखेसो पोखे। उहाँले पत्रकारले समाचार लेख्नु पर्छ सत्य तथ्य लेख्नु पर्छ "हामि जनप्रतिनिधि पनि मानवहौ हामीलाई पनि भोक लाग्छ के हामि कुनै होटेलमा खाजा पनि खान नपाउने भनि संचारकर्मीहरु संग प्रश्न गर्दै एक पक्षीय समाचार लेख्ने व्यक्तिलाई पत्रुकारको संज्ञा दिदै पीत पत्रकारिता नगर्न सम्पूर्ण संचारकर्मीमा अनुरोध समेत गरे।

त्यस्तै जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकास शारडाले राससले जनतालाई जिम्मेवारी बहन हुने खालको समाचार दिइरहेको भन्दै निस्पक्ष पत्रकारिता हुनुपर्नेमा जोड दिदै सत्य तथ्य नबुझी कसैको चरित्र हत्या गर्ने कार्य पत्रकारहरु बाट नहुनु पर्ने कुरामा जोड दिएका थिए। त्यस्तै प्रेस युनियन मधेश प्रदेश उपाध्यक्ष रमिता नेपालले राष्ट्रिय समाचार समिति (रासस) सिरहाले गर्दै आएका कार्यहरुको प्रसंशा गर्दै पत्रकारको कलम जहिले पनि आवाज विहिनको आवाज बनि उठ्नु पर्ने कुरामा जोड दिदै कसैको प्रलोभनमा नपरी निष्पक्ष पत्रकारिता हुने पर्ने बताइन।

राससका प्रादेशिक प्रमुख टिकाराम सुनारले रासस पत्रकारिताको जननी रहेको बताउँदै आफूहरू स्वास्थ्य, निष्पक्ष र उत्तरदायी पत्रकारिताको विकास तथा सम्बर्धनका लागि आफ्नो अधिकार क्षेत्रभित्र रहेर काम गर्दै आएको बताए । उनले जनताको करबाट सरकारी मिडिया रासस चलिरहेको भन्दै समय समयमा खबरदारी र सहकार्य गर्नुपर्नेमा जोड दिए । राससले २४ घण्टा समाचार दिने तैयारी गरिरहेको भन्दै अहिले राससले बिचारसोवा, नेपाली भाषा, अङग्रेजी, अडियो, भिडियो, फोटो र हालमा आवधी भाषा सुरु गरेको जानकारी दिदै अहिले बदलिदो अवस्थााम राससमा मैथिली भाषाको पनि कुरा चलिरहेकोले यसमा सबैले सहयोग गर्नुपर्ने बताए ।

रासस सिरहा लहानका कार्यालय प्रमुख सुदिप राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ईलाका प्रहरी कार्यालय लहानका डिएसपी भोला कुमार भट्ट लगायत बिभिन्न मिडियामा कार्यरत संचारकर्मीहरुको उपस्थित रहेको थियो। कार्यक्रममा साहित्यकार अर्जुन प्रसाद गुप्ता ( दर्दिला ) ले समसामायिक आफ्नो रचना समेत प्रतुत गरेका थिए। कार्यक्रममा सहभागी सम्पुर्णलाई गम्छा ओढाएर सम्मान गरिएको थियो।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.