शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
गत आर्थिक बर्षको पेश्कीमा भ्रमण
भाद्र २७, २०८१ | फिरोज शेख

सिरहा लहान २०८१ भदौ २७ - 
लहान नगरपालिकामा आर्थिक वर्ष ०८०/०८१ मा लिएको पेश्की रकमबाट न्यायिक समितिका सदस्य सहित उपमेयर वडा अध्यक्ष र नातेदारहरु   मुक्तिनाथ भ्रमणमा निस्केका छन् । पेश्की लिएकै आर्थिक वर्षमा भ्रमण सकाउनु पर्ने व्यवस्था छ। भ्रमण गर्न नसक्दा पैसा दाखिला गर्नुपर्ने हो तर यहाँ गत आवको बजेटमा चालू आवमा भ्रमण गएका छन् । हिसाब भने गत आवमै भ्रमण गरिएको देखाउने बुझिएको छ । भ्रमणमा उपमेयर रामचलितर महतो, उनको श्रीमती सन्जु सिंह, लेखा अधिकृत मायानाथ आचार्य, वडा-६ का अध्यक्ष रमेश गौतम, वडा-१३ का अध्यक्ष मनोज कोईराला, कार्यपालिका तथा न्यायिक समिति सदस्य महेन्द्र ठाकुर, वडा-१५ का सदस्य रामकुमारी दास, लक्ष्मण चौधरी, न्यायिक समितिका कर्मचारी रिक्मा विश्वकर्मालगायतका रहेका छन् । न्यायिक समितिका सदस्य महेन्द्र ठाकुरको नाममा ३ लाख ५० हजार पेश्की लिईएको प्रशासन शाखाले जनाएको छ।

यता उपमेयर महतोका अनुसार गत बर्ष लिएको पेश्की वापतको कार्यक्रमहरु गत आर्थिक बर्षमै सकिएको हुँदा यसमा कुनै सत्यता नरहेको र हामि आफ्नो निजि खर्च बाट मुक्तिनाथ दर्शनका लागि आएको भनि प्रतिकृया दिएका छन्। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.