शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
भोजपुरी नायिका अक्षरा सिंह आज लहान आउदै
बैशाख ६, २०८१ | फिरोज शेख

फिरोज शेख लहान २०८१ बैशाख ६ - 
२०८० चैत ३० गते देखि बाट सुरु भएको लहान एक्सपो : मधेस प्रदेश अन्तर्राष्ट्रिय महोत्सव–२०८० मा स्थानीय देखि राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारहरु आउने क्रम जारी छन् । यसै क्रममा आज बिहिबार भोजपुरी नायिका अक्षरा सिंह आफ्नो प्रस्तुति दिन लहान आउंदै छिन। नायिका सिंह संगै उनका टोलीमा १६ जना सदस्यहरु समेत आउँन लागेको जनाइएको छ। साँझ ५ बजे बाट सुरु हुने संस्कृतिक कार्यक्रममा अक्षरा सिंह संगै नेपालको चर्चित गायिका रचना रिमाल संगै डान्सर तथा मोडेल रोशनी चौधरीको पनि प्रस्तुति रहने आयोजक जिल्ला उधोग वाणिज्य संघका महासचिव तथा संस्कृतिक कार्यक्रम संयोजक श्याम गुप्ताले जानकारी दिए। महासचिव गुप्ताका अनुसार अक्षरा सिंहलाई लहानमा ल्याउन   धेरै खर्च गर्नु परेको हुँदा आजको टिकट दर रु.३०० निर्धारण गरिएको जानकारी दिए। उहाँले आज अतिथि प्रवेश टिकटको कुनै मान्यता नहुने भएकोले अक्षरा सिंह र रचना रिमाल सहितको टिकट काटेर कार्यक्रम स्थल भित्र प्रवेश गर्न सम्पूर्णमा आग्रह पनि गरेका छन्। टिकट काउन्टर आज दिनको १२ बजे बाट नै खुल्ला गरिने समेत जनाइएको छ। 

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.