शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कोमल होटलको आयोजनामा दोस्रो भरत म्युजिक अवार्ड हुँदै
पौष ११, २०७९ | फिरोज शेख

फिरोज शेख लहान २०७९ पौष ११ - 
भरत फिल्मसले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत भरत म्युजिक अवार्ड तथा सम्मान कार्यक्रमलाई निरन्तरता दिएका छन्। गत वर्ष सप्तरीको शम्भुनाथ नगरपालिका स्थित पर्यटकीय स्थल शम्भुनाथ मन्दिर नजिक आर.के.होटेल प्रालिमा पहिलो म्युजिक अवार्ड आयोजना गरि  चर्चामा आएका भरत फिल्मसले यस वर्ष पनि आफ्नो कार्यक्रमलाई निरन्तरता दिदै धनुषाको मिथिला नगरपालिका ढल्केवर स्थित कोमल होटल संग सहकार्य गरि अग्रेजी वर्ष २०२३ को शुभ आगमनको पुर्व सन्ध्या अर्थात डिसेम्बर ३१ तारिक (पौष १६ गते ) शनिबारका दिन दिउँसो  २ बजे देखि राति १२ बजे सम्म म्युजिक अवार्ड कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका संयोजक निर्माता तथा कलाकार भरत साहले जानकारी दिए। कोमल होटलको आयोजनामा दोस्रो पटक हुन् गइरहेको भरत म्युजिक अवार्डमा भरत फिल्मस तथा युट्युब च्यानलका लागि आफ्नो योगदान दिएका मिथिलाका चर्चित कलाकारहरुलाई अवार्डले सम्मानित गर्नुका साथै नव वर्ष २०२३ लाई स्वागत तथा वर्ष २०२२  लाई विदाई सहित शुभकामना आदान-प्रदानको कार्यक्रम समेत रहेको संयोजक साहले जानकारी दिए। 

संयोजक साहका अनुसार विगत लामो समय देखि भरत फिल्म्स लाई आफ्नो कला र गलाले सहयोग गर्दै आइरहनु भएका कलाकर्मीहरुको योगदानको कदर गर्दै भरत म्युजिक अवार्ड कार्यक्रमलाई निरन्तरता दिएको छु। यो कार्यक्रम निरन्तर प्रत्येक वर्ष मधेश प्रदेशको विभिन्न स्थानहरुमा आयोजना गरिने योजना समेत रहेको उनले सुनाए। नि:शुल्क प्रवेश गरिएको कार्यक्रममा भरत फिल्मसका लागि काम गरेका विभिन्न विधाका कलाकर्मीहरुको डान्स,गायन,क्यारिकेचर लगायतका बेजोड प्रस्तुति समेत रहने आयोजकले जनाएका छन्।  

गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
राष्ट्रिय समावेशी म्युजिक अवार्ड -२०२२ मा
चैत्र २३, २०७८ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.