शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक आदित्य अजयको माग
साउन २१, २०७९ | सरगम खबर समाचारदाता

सिरहा २०७९ श्रावन २१ - 
मैथिली भाषामा अश्लिल गीतहरु बाहिरिन थालेपछि गायक आदित्य अजय त्यसको बिरोधमा उत्रेका छन् ।सँचारकर्मी समेत रहेका गायक आदित्य अजयले छाडा गीत गाउने गायकलाई कार्वाहीको माग गरेका छन् ।अजय आफ्नो फेसबुक लाईभ मार्फत मैथिली गीत संगीतमा अश्लिलता फैलाउने गायक÷कलाकारलाई कार्वाहीको दायरामा ल्याउन माग गरेका हुन् ।उनले गीत मार्फत हिन्दु देवि देवताहरुलाई अपमान गर्ने, मधेशकी चेलीबेटीहरुलाई छाडा शब्द बोल्ने गायकहरु माथी कारबाही को माग समेत गरेका छ्न ।

दिनदिनै मैथिली भाषामा बढिरहेको अशलिलताको कारण गाउँ समाजमा नराम्रो असर परीरहेको ठहर गर्दै मधेशकि चेलीबेटी माथी नराम्रो गीत गाउने, हिन्दु धर्मसंस्कृती माथी नराम्रो गीत गाउने, छाडा गीत गाउने कलाकारहरुको गीत बायकट्ट गर्नु पर्छ गायक आदित्यले फेसबुक लाईभ मार्फत भनेका छ्न ।प्यारोडी र अश्लिल गीत संगीतको कारण संगीत सिकेका गायकहरु संगीत क्षेत्रमा मिहिनेत गरेका गायक, कलाकार, रचनाकार, डायरेक्टरहरुलाई संगीत क्षेत्र छोडन बाध्यता भएको उनको भनाई छ । मैथिली भाषालाई तल्लो अस्तर देखाउने मा ,मैथिली भाषा लाई बदनाम गर्ने सब भन्दा बढी हात मैथिली क्षेत्रमा रहेको छाडा कलाकारहरु रहेको भन्दै गायक आदित्यले केहि भियुज बढाउनका लागि र केहि डलरको लागि हिन्दु धर्म मात्र नभई सिँगो हिन्दुत्वलाई बदनाम गर्ने गरेको बताएका छन ।

भोजपुरी नायिका अक्षरा सिंह आज लहान
बैशाख ६, २०८१ | फिरोज शेख
गीतकार समिर खानको हिन्दी गीत “ओ
मंसिर २, २०७९ | फिरोज शेख
अश्लिल गीत गाउनेलाई कार्वाही गर्न गायक
साउन २१, २०७९ | सरगम खबर समाचारदाता
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.