शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
डा.सीके राउतलाई कतारमा भव्य स्वागत
फाल्गुन २, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० फागुन २ - 
जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतलाई कतारमा भव्य स्वागत गरिएको छ। गैर आवासीय मधेशी संघ कतारले आयोजना गरेको मधेशी सांस्कृतिक कार्यक्रममा अध्यक्ष डा.राउतलाई कतारमा भव्य स्वागत गरिएको संघका अन्तर्राष्ट्रिय अध्यक्ष ई.शम्भुनाथ साहले बताए ।मंगलबार कतारको अल दोसारी पार्क सनहैयामा बिहान ९ बजेदेखि ५ बजेसम्म सांस्कृतिक कार्यक्रम संचालन भएको र उक्त कार्यक्रमको प्रमुख अतिथिको आतिथ्यता जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. राउतले गर्नु भएको आयोजन संस्थाले बताए। उक्त कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.राउत सहित पार्टीका राष्ट्रिय उपाध्यक्ष ई.दीपक कुमार साह,सांस्कृतिक जनमत संघका केन्द्रिय संयोजक गायक सन्तोष राज सहनीलगाइतका व्यक्तिहरुको उपस्तिथि रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै डा.राउतले गैर आवासीय मधेशी संघ कतारलाई धन्यवाद ज्ञापन गर्दै मधेशी संघ कतारले मधेशका युवाहरुका लागि राम्रो काम गर्दै आइरहेको प्रसंशा गर्दै आज सांस्कृतिक कार्यक्रमको आयोजना गरी मिथिलाको संस्कृति जोगाउन खेलेको भूमिका समेत सराहनीय रहेको जिकिर गर्दै मधेश र मधेशीको अधिकार प्राप्तिकालागि पनि यस संघले पहल गर्नु पर्ने सल्लाह सुझाव राख्दै अहिलेको वर्तमान सरकार तानाशाही र लोकतन्त्रको मिश्रित प्रणालीमा सञ्चालन भएको बताएका छन्।

अध्यक्ष राउतले नेपालको निर्वाचन प्रणाली अलोकतान्त्रिक, विकृत र अति महँगो भएको र जनताले स्वच्छ र भयरहित रूपमा आफ्नो मत प्रयोग गर्न नसकेको उल्लेख गरेका छन् । सरकार र कर्मचारीतन्त्रमा हालीमुहाली जमाएका पार्टीहरूले निर्वाचन प्रक्रियालाई आफू अनुकूल बनाइ निर्वाचन गर्दै आएको उल्लेख गर्दै उनले त्यसमा समानुपातिक प्रणालीको ठुलो दुरुपयोग भएको बताएका छन् । संसद् शीर्ष चार (प्रचण्ड, शेरबहादुर देउवा, केपी शर्मा ओली र माधवकुमार नेपाल) नेताको रबर स्ट्याम्प रहेको दाबी गर्दै अध्यक्ष राउतले संसद्मा जे जति छलफल भए पनि अन्तिममा शीर्ष नेताहरूले दिएको ह्विपको आधारमा हुन्छ, हुन्न भन्दै उनीहरूले ल्याएको विधेयक पारित गर्ने गरेको आरोप लगाएका छन् ।
कार्यक्रममा विभिन्न कलाकारहरु द्वारा मिथिलाको संस्कृति झल्किने किसिमका विभिन्न प्रस्तुतिहरु प्रस्तुत गरिएको सरगम खबरका संवाददाता सियाराम यादवले जानकारी दिए।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.