शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेपाल निर्माण व्यवसायी संघको निर्वाचनमा अन्जय राउत प्यानल विजय
पौष ८, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० पौष ८ - 
नेपाल निर्माण व्यवसायी लहान सिरहाको निर्वाचनमा अजय बहादुर राउत( अन्जय ) को प्यानल विजयी भएको छ । नयाँ कार्यसमिति चयनको लागि शनिबार सम्पन्न निर्वाचनमा अजय बहादुर राउत( अन्जय ) को प्यानल निर्वाचित भएको निर्वाचन अधिकृत परशुराम निरौलाले जानकारी दिनुभयो। निर्वाचन अधिकृत निरौलाका अनुसार अध्यक्ष पदमा अञ्जय बहादुर राउतले ९१ मत ल्याई विजयी भएका छन्उ भने उनका निकटतम प्रतिस्पर्धी दिपक कुमार श्रेष्ठले ७२ मत प्राप्त गरेका छन् । यसैगरी उपाध्यक्ष ( क ) मा अमरनाथ साह १०२ मत उहाँको प्रतिद्वन्दी रामचन्द्र साह ६० मत प्राप्त गरेका छन्।  त्यस्तै उपाध्यक्ष ( ख ) मा प्रथमलाल चौधरी ९५ मत प्राप्त गरि विजय भएका छन् भने अशोक कुमार यादव ७१ मत प्राप्त गरेका छन्। त्यस्तै म्यान अफ द इलेक्सन भएका महासचिव कमल प्रसाद यादव १०६ मत प्राप्त गरि सब भन्दा बढी मत ल्याई विजय विजय भएका छन् "भने दुरेन्द्र कुमार यादव ५८ मत प्राप्त गरि चित्त बुझाएका छन्। त्यस्तै सचिव पदमा लहान सिटि जेसिजका पुर्व अध्यक्ष  अजय जयसवाल १०० मत प्राप्त गरि सब भन्दा बढी मत प्राप्त गर्ने क्रममा तेस्रो स्थान प्राप्त गरि विजय भएका हुन् भने उनका प्रतिस्पर्धी जय प्रकाश साहले ६३ मत प्राप्त गरेका छन्। त्यस्तै कोषध्यक्षमा सुरज ढकाल ८६ मत प्राप्त गरि विजय भएका हुन् भने उनलाई कडा टक्कर दिएका श्याम कुमार महतो ७८ मत प्राप्त गरेका छन्। त्यस्तै सह कोषध्यक्षमा कृष्ण प्रताप सिंह ९५ मत प्राप्त गरि विजय भएका छन् भने उनका प्रतिस्पर्धी राजेश्वर साह ६९ मत प्राप्त गरेका छन्। १८० मतदातामध्ये १७२ खसेकोमा ३ मत बदर भइ सदर मत १६७ रहेको थियो ।

त्यस्तै ६ जना सदस्यहरुमा विजेता र प्रतिद्वन्दीहरुको मत परिणाम यस प्रकार रहेका छन् :- 
फुलगेन सिंह ९०,कृष्ण सतरा ६९
प्रदिप कुमार यादव १०१,राजेन्द्र ठाकुर ६१
विन्दु कुमारी यादव ९८,लालबाबु साह ६९ 
सन्तोष कुमार साह ९२,राम कुमार महतो ६४ 
प्रमोद कुमार सिंह ८९,मनोज कुमार साह ६०,
मन्टुन चौधरी ९३ र हरिदेव साह ७७

नेपाल निर्माण व्यवसायी संघका पूर्व अध्यक्षद्वय जितेन्द्र कुमार यादव र विशाल कुमार साहले अञ्जय बहादुर राउतको पाइनललाई खुल्लेआम सहयोग गरी प्रचार प्रसारमा जुटेका थिए " भने दिपक कुमार श्रेष्ठको प्यानललाई पूर्व अध्यक्ष बैजनाथ साह र रासलाल राय राजपुतको दह्रो साथ रहेको thiyo । निर्वाचन परिणाम घोषणा भए लगतै यो जित कसको पूर्व अध्यक्षद्वय जितेन्द्र कुमार यादव र विशाल साहको हो भनि नारा लगाउदै विजय रयाली समेत निकालिएको थियो । यादव माओवादी समर्थक हुन् भने साह नेकपा एमाले समर्थक लहान नगरपालिकाका पूर्व नगरप्रमुख मुनि साहका छोरा हुन्। संघको कार्यालय लहान –५ नयाँ बजार बाट निकालिएको विजय र्याली नाच गान गर्दै लहान परिक्रममा गरेका थिए। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.