शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नेपाल रेडक्रस सोसाइटीको सभापतिमा पुनः महतो सर्वसहमत चयन
पौष २२, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० पुष २२ - 
नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाको २० औ बार्षिक साधारणसभा एवं अधिवेशन बाट पुनः फुलेश्वर महतोको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएका छन्। शनिबार सम्पन्न २० औ बार्षिक साधारणसभा एवं अधिवेशन बाट सर्वसहमत् फुलेश्वर महतोको नेतृत्वमा आगामी दुई बर्षे कार्यकालका लागि उपसभापतिमा अरहुलिया देवी यादव ,सचिवमा महेश कुमार महतो ,कोषाध्यक्षमा जयकृष्ण यादव ,उपसचिवमा रियासत लिमि ,उपकोषाध्यक्षमा शंकर प्रसाद गुप्ता संगै सदस्यहरुमा नुतन कुमारी ,प्रयागलाल यादव ,अजय कुमार चौधरी ,बिनेश्वर यादव र रामनारायण महतो चयन भएका हुन्।

लहान नगरपालिका वडा नम्बर ३ स्थिीत संस्थाकै संभाहलमा भएको साधारण सभामा प्रमुख अतिथि लहान नगरप्रमुख महेश प्रसाद चौधरीले सामाजिक सेवामा सक्रिय भूमिका निर्वाह गर्ने सामाजिक संस्था नेपाल रेडक्रस सोसाइटी लहान उपशाखालाई जुनसुकै कार्य गर्नमा संहयोग रहर्ने प्रतिवद्धता व्यक्त गदै यस संस्थाले समाजसेवामा ठूलो योगदान गरेकोमा विशेष धन्यवाद दिनु हुँदै नेपाल रेडक्रस सोसाइटी लहान उपशाखालाई थप व्यवस्थित गर्न नगरपालिकाबाट ५ लाख बजेट उपलब्ध गराउने प्रतिबद्धता समेत जनाएका छन्।

त्यस्तै नेपाल रेडक्रस सोसाइटी लहान उपशाखाका सभापति फुलेश्वर महतोले सम्पूर्ण रेडक्रसकर्मी र अन्य संहयोगी दाताहरुको साथ र निरन्तर संहयोग बाटै यो संस्था याहाँ सम्म पुगन सफल भएको बताउनु भयो । उहाँले सम्पूर्ण अभियन्ताहरुलाई  रेडक्रसका सात आधारभूत सिद्धान्तहरु अवलम्बन गर्न आग्रह गर्दै रेडक्रस सोसाइटी लहान उपशाखामा स्रोत साधन तथा उपकरणहरुको समस्या देखिएको हुनाले आ-आफ्नो स्तरबाट सहयोगका लागि आह्वान समेत गर्नु भयो। त्यस्तै उहाँले आगामी दिनमा लहान उपशाखाले विभिन्न जनचेतना तथा सचेतनामूलक कार्यक्रम गर्ने योजना रहेको समेत बताउनु भयो । कार्यक्रमा सचिव तथा कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुका साथै विभिन्न सहंयोगीदाताहरुलाई प्रसंशा-पत्र र दोसल्ला सहित सम्मान गरिएको थियो। त्यस्तै विभिन्न सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो।कार्यक्रम लायन्स क्लव अफ लहान फुलवारीका संस्थापक अध्यक्ष राकेश झा ,लहान सिटि जेसिज वर्ष २०२३ का अध्यक्ष तथा संचारकर्मी फिरोज शेख लगायतले शुभकामना मनव्य राखेका थिए। 
 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.