शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
उत्कृष्ट नतिजा ल्याउन सफल ३० जना विद्यार्थीहरु सम्मानित

12 Views

कार्तिक १८, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० कार्तिक १८ - 
टाइम्स एजुकेशन एण्ड रिसर्च सेन्टर प्रालि लहान शाखा द्वारा पुर्ण छात्रवृत्ति, छात्रवृत्ति तथा उत्कृष्ट नतिजा ल्याउन सफल ३० जना विद्यार्थीहरुलाई सम्मान गरिएको छ।  टाइम्स एजुकेशनको सभा-हलमा आयोजित कार्यक्रमको प्रमुख अतिथी टाइम्स एजुकेशनकै संस्थापक अध्यक्ष भोला जित नेपाल रह्नुभएको थियोे। भने अतिथिहरुमा शिक्षक रबिन जैसवाल,राकेश चौधरी,उदय यादब, मोनिका साह, युवा नेता प्रदिप अग्रहरी, बरुन्देब साह र मुरारी राज कुशवाहा रह्नुभएको थियो। कार्यक्रमको अध्यक्षता टाइम्स एजुकेशन लहान शाखाकी प्रमुख निर्मल साहले गर्नुभएको थियो। कार्यक्रम संचालन भने युवानेता प्रदिप अग्रहरीले गरेका थिए। कार्यक्रमा उपस्थित प्रमख अतिथि संगै अतिथिहरुले पुर्ण छात्रवृत्ति, छात्रवृत्ति तथा उत्कृष्ट नतिजा ल्याउन सफल ३० जना विद्यार्थीहरुलाई उज्ज्वल भविष्यको कामना गर्दै सम्मान सहित नजिकिएको चाडपर्व शुभ दिपावली ,तिहार ,नेपाल सम्वत ,छठ पूजा र समचाकेवाको शुभकामना आदान -प्रदान समेत गरेका थिए। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.