शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
वडा स्तरीय क्रिकेट प्रतियोगिताको रोमांचक फाइनल खेलमा कुटाकुट
माघ १४, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० माघ १४ - 
सिरहाको लहानमा जारि वडा स्तरीय टि 20  क्रिकेट प्रतियोगिताको उपाधिका लागि हिजो भएको फाइनल खेलमा कुटाकुट भएको छ। 
लहान नगरपालिका वडा न.६ र ४ बीच भइरहेको अति नै रोमांचक प्रतिस्पर्धामा एम्पायरले लहान ४ का खिलाडीलाई आउट दिदा कुटाकुट भएको हो। टस जितेर पहिला ब्याटिंग लिएको लहान ४ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाई १३६ रन बनाएको थियो। १३७ रनको लक्ष्य सहित ब्याटिंग गर्न आएका लहान ६ का खिलाडीहरुले पनि निर्धारित २० ओभरमा १३६ रननै बनाउदा म्याच सुपर ओभरमा गएको थियो। सुपर ओभर अन्तर्गत पहिला ब्याटिंग गरेको लहान ६ ले ३ बलको सामना गर्दै वाइड रन सहित मात्र ४ रन जोड्दै २ विकेट गुमाउदा सुपर ओभरको नियमअनुसार लहान ४ ले ५ रनको लक्ष्य पाएको थियो।

पाँच रनको विजय लक्ष्य सहित सुपर ओभर खेल्न आएका लहान ४ का खिलाडीले पहिलो बलमा एक रन लिन सफल भएका थिए। त्यस पश्चात लहान ६ का बलरले दोस्रो बल फ्याक्न लाग्दा नोन स्ट्राकमा रहेका खिलाडीले बल न फ्याल्दै क्रिज बाट बाहिर निस्केर रन लिन खोज्दा बलरले बल विकेटमा हान्दै एम्पायर संजय चौधरी संग "माकडिंग आउट "को जोडदार अपिल गर्दा  एम्पायर संजय चौधरीले लेग एम्पायर र थर्ड एम्पायर अरुण भुजेल संग सल्लाह र छलफल गरि लहान ४ का खिलाडीलाई आउट दिए पछि ब्याटिंग गरि रहेका खिलाडी र एम्पायर बीच भन्नाभन सुरु नहुँदै लहान ४ का समर्थक दर्शकहरु गलत निर्णय गरि आउट दिएको भन्दै आक्रोशित हुँदै खेल मैदानमा पसी एम्पायर संजय चौधरी र थर्ड एम्पायर अरुण भुजेल संगै लहान ६ का खिलाडीहरुलाई कुटपिट गर्दा पशुपति आदर्श माविको खेल मैदान युद्ध मैदानमा परिणत भयो। लहान  ४ र ६ का समर्थक बीच कुटाकुट भएको थियो। लहान ४ का समर्थकले एम्पायर र खिलाडी माथि कुटपिट गर्नु निन्दनीय कार्य भएको ठहर गर्दै आयोजक लहान क्रिकेट क्लवले बिना निष्कर्ष खेल स्थगित गरेका छन्। आज आइतबार आयोजक कमिटि , दुवै टिमका क्याप्टन वडा अध्यक्ष संगै बुद्धिजीवीहरुको छलफल पछि मात्र खेलको नतिजा सार्वजनिक गर्ने भनि सरगम खबरलाई जानकारी गराएका छन्।

 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.