शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
अवैध कपडा लोड गरिएको पिकअप सहित एक जना नियन्त्रणमा
कार्तिक १३, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० कार्तिक १३ - 
सिरहा प्रहरीले भन्सार छली गरी ल्याउदै गरेको १४ पोका कपडा सहित गाडी र चालक पक्राउ गरको छ ।जिल्ला प्रहरी कार्यालय सिरहाबाट बिशेष सुचना तथा निर्देशनमा ईलाका प्रहरी कार्यालय धनगढीले उक्त परिमाणको कपडा ,पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिईएको छ ।ईलाका प्रहरी कार्यालय धनगढीका प्र.ना.नि.सुनिल कुमार सिंहको कमाण्डमा खटिएको चेकिङ टोलीले चेकजाच गर्ने क्रममा पुर्बबाट पश्चिमतर्फ आउदै गरेको ज.१.च १९३० नं. को  पिकअप गाडीलाई रोकी चेकजाँच गर्दा उक्त पिकमा सुती साडी ३६८ पिस ,सिलकन साडी ३४८ पिस ,कुर्ती सुरुवाल १२५ पिस ,धोती ६८ पिस ,साया पेटिकोट ६८ थान ,ब्लाउज २१० पिस र पिकअप गाडी समेतको अनुमानित मुल्यांकन सहित पन्ध्रलाख सात हजार नौ सय  बराबरको सामान बरामद गरी पिकअप गाडी चालक धनगढीमाई न.पा. वडा नं. ९ चैनपुर बस्ने अन्दाजी  वर्ष ५२ को उतिमलाल राउत समेतलाई नियन्त्रणमा लिई ठाडी भन्सार कार्यालय सिरहामा पठाईएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ। 
 

लहान १७ मा गए राति ६
जेठ १, २०८१ | फिरोज शेख
लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.