शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मधेश अध्ययन यात्रामा निस्किए मधेशका चार युवा
कार्तिक १२, २०८० | फिरोज शेख

सिरहा लहान २०८० कार्तिक १२ - 
मधेशका युवाहरूको एक समूह मधेश अध्ययन यात्रामा निस्किएका छन् । मधेशका विषयमा गहन अध्ययन गर्न उनीहरू यात्रामा निस्किएका हुन् ।सिरहाको लहानस्थित सहिद रमेश चोकबाट निस्किएका उनीहरू आज बेलुकी वीरगञ्ज पुग्नेछन् । त्यहाँबाट भोलि सोमबारदेखि हुलाकी सडक हुँदै १८ गतेसम्म उनीहरू सप्तरी पुग्नेछन् । मधेश अध्ययन यात्रा अन्तर्गत पहिलो चरणमा उनीहरू मधेश प्रदेशका आठ वटा जिल्ला घुम्न लागेका हुन् । यात्राको प्रमुख उद्देश्य सहिद परिवारको राजनैतिक, सामाजिक, आर्थिक र शैक्षिक स्थितिबारे अध्ययन गर्ने रहेको उनीहरूले जनाए ।

यससँगै उनीहरूले मुसहर समुदाय, किसान, मजदुर, श्रमिक महिला, क्रान्तिकारी युवा, बौद्धिक व्यक्तित्वहरूसँग पनि भेटघाट गर्नेछन् । यात्राका क्रममा उनीहरू होटलमा नभई स्थानीयहरुकै घरमा खाना खाने र बास बस्नेछन् । यसरी भ्रमण गरेर मधेशको भूइँको अवस्था बुझ्ने र त्यसपछि उनीहरूले तमाम समस्याका विषयमा सरोकारवालालाई दबाब दिने र जवाफदेही बनाउने प्रयत्न गर्नेछन् ।  यात्रीहरूमा टीएमएनसीका उपाध्यक्ष आभाष गुरू, मधेश पुस्तकालयका अध्यक्ष शिव यादव, कान्तिपुर टेलिभिजनका पत्रकार विनय आजाद, टीएमएनसीका सदस्य डा. नवीन यादव छन् ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.