शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मारवाडी युवाहरु द्वारा १४८ वटा कृत्रिम हात खुट्टा वितरण
पौष १२, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० पौष १२ -
नेपाल राष्ट्रिय मारवाडी युवा संगठन, नारायण सेवा संस्थान उदयपुर भारत र मारवाडी युवा मञ्च लहानको पहल र सहयेगमा बुधबार मारवाडी सेवा सदनमा १३५ जना विकलाङगहरुलाई १४८ वटा कृत्रिम हात खुटा वितरण गरेको छ । मारवाडी युवा संगठनले १२ वर्षपछि कोशी प्रदेशको झापा जिल्ला विर्तामोडमा ७२ जनालाई र लहानमा १३५ जनालाई लगभग दुई करोड खर्चिएर कत्रिम हात खुटा वितरण गरेको संगठनका अध्यक्ष मनोज कुमार अग्रवालले बताउनुभयो । लहानमा कृत्रिम हात खुटा वितरणको लागि मारवाडी युवामञ्च लहान, मरवाडी संगठनका केन्द्रिय सदस्य चेतन मुरारकाको ठूलो सहयोग रहेको उहाँले बताउनुभयो । कृत्रिम हात खुटावितरणका लागि कार्यक्रम संयोजक राष्ट्रिय मारवाडी संगठनका चेतन मुरारका र मरवाडी राष्ट्रिय युवा मञ्च सिरहाका अध्यक्ष राहुल शारडा लगायत युवाहरुले महत्पूर्ण भूमिका खेलेका थिए । भारत उदयपुरका नारायण सेवा संस्थानका हरि प्रसाद खडाले पुरयाउनु भएको योगदानको चर्चा समेत गरिएको थियो ।

कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख अतिथिको आसन बाट बोल्दै मधेश प्रदेशका जनसंख्या तथा स्वास्थ्य मन्त्री विरेन्द्र प्रसाद सिंहले सरकारले गर्न गर्ननसकेको काम मारवाडी समुदायका युवाहरुले गरेर ठूलो कल्याणकारी कार्य गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘लहानका मुरारका र शारडा परिवारले स्थापना गरेको प्रादेशिक अस्पतालको नमाकरण प्रदेश सरकारले राम कुमार शारडा उमा प्रसाद प्रादेशिक अस्पताल नमाकरण गरि सक्यो । अब सम्झौता अनुसार दाता परिवारले अस्पताल रहेको एक विगहा पन्ध्र कठा दस धुरजगा रजिष्ट्रेशन गरिदिएपछि आउने बैशाखसम्ममा उक्त अस्पताललाई एक सय शय्याको अस्पतालको रुपमा स्तरोन्नति गरिने जानकारी गराउनु भयो।’

त्यस्तै विशिष्ट अतिथि कार्यक्रममा लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले लहानको औद्योगिक शिक्षा र स्वास्थ्य क्षेत्रमा लहानका मारवाडी समुदायले पुर्‍याएको योगदानको सराहना गर्दै विकलाङगहरुलाई लगभग दुई करोड मूल्यको कृत्रिम हात खुट्टा वितरण गर्न नेपाल राष्ट्रिय मारवाडी सङ्गठनका अध्यक्ष मनोज अग्रवाल, लहान मारवाडी मञ्चका अध्यक्ष राहुल शारदा र जिल्ला उद्योग वाणिज्य सङ्घ सिरहा लहानका अध्यक्ष विकास शारडा लहानका चेतन मुरारका र भारत उदपपुरका नारायणसेवा संस्थानका हरि प्रसाद खाडाले गर्नुभएको उदाहरणीय कार्यले लहान नगरपालिकालाई समेत प्रेरित गरेको धारणा राख्नु हुँदै नेपाल राष्ट्रिय मारवाडी युवा संगठन, नारायण सेवा संस्थान उदयपुर भारत र मारवाडी युवा मञ्च लहान र सह -आयोजक राजविराज मारवाडी युवा मञ्चका पदाधिकारीहरुको सराहना गरेका थिए।


यसै बीच कृत्रिम हात खुटा पाएकाहरुको अुहारमा खुसी छाएको छ। उदयपुर जिल्लाका त्रियुगा नगरपालिका १५ की ३१ वर्षिय सिता मगरले भन्नुभ्यो,‘जन्मेको चार महिना भएपछि आयोमा पोलेर दुइवटै खुट्टाजलेको थियो। विकलाङग भएर वाँच्नुपर्ने भयो । सधैं अर्काकोसहारामा बाँचुपर्ने भयो । आज मारवाडी युवा संगठनले दुई वटै कृत्रिम खुटा लगाई दिएपछि हिडने भईयो । आज पूर्न जीवन पाएर अत्यन्तै खुसी भएकी छु ।’ त्यस्तै सिरहा नरहा गाउँपालिका –५ बालुवाका विजय कुमार यादवले दुर्घटनामा परेर दाहिने हात गुमाएकोले दाहिने हातबाट केहि गर्न नसक्ने भनि निरास थिए । गएको भदौमा मरवाडी सेवा संगठनले नाप लिएर आज कृत्रिम हात वितरण गरेपछि नयँँ जीवन पाएको खुसी व्यक्त गर्नुभयो । एक वर्ष अगाडि खुटामा क्यान्सर भएर खुटा काट्नु परेको पर्ष जिल्ला पटेवा सुगौली गाँउपालिका –२ का ४३ वर्षिय चेत वहादुरले भन्दै आज कृत्रिम खुटा पाएर सारा पीडा विर्सेको बताउनुभयो ।

सप्तरी डाकनेश्वरी नगरपालिका –१ का बसन्त कुमार चौधरी अहिले अवकास प्राप्त शिक्षक हुनुहुन्छ । दाङगमा शिक्षण पेशामा हुँदा २०५३ सालमा दाङगमा दुर्घटनामा परेर एउटा खुटा गुमाउनु परेको थियो ।आज उहाँले कृत्रिम खुटा पाएपछि मरवाडी युवा संगठन र युवा मञ्च तथा नारायण सेवा संस्थालाई हृदयले धन्यवाद दिँदै हिडने योग्य बनाई दिएको मरवाडी समुदायले आफ्नो कमाईको केहि अंश मानव सेवामा लगानी गर्नु समाजको लागि प्रेरणाको स्रोत भएको बताउनुभयो । लहान–२० का विनोद कुमार चौधरीले सन २००२ मा रोजगारीको लागि भारतको पञ्जावमा काम गर्न गएको बेला ट्रकमा दाहिने खुटा च्यापिएर खुटा नै काटनु परेको पीडा सुनाउनुभयो । त्यतिवेला भारतमा कृत्रिम खुटा लगाउँदा ४० हजार भारतीय रुपैया खर्च भएको थियो । आज मारवाडी युवाहरुले निःशुल्कमा कृत्रिम खुटा उपलब्ध गराइ दिएर ठूलो उपकार गरेको छ । सरकारले गर्न नसकेको सहयोग मरवाडी युवाहरुले उपलब्ध गराई दिएकोमा अभारी रहेको उहाँले भन्नुभयो । सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका –३ महेशपुरकी ५० वर्षिया फूलो देवी यादव भन्नुहुन्छ,‘मधुमेहको कारण दाहिनेखुटा काट्नु परेको थियो । त्यतिवेला उपचारको लागि चारलाख खर्च भएको थियो । आज निःशुल्क कृत्रिम खुटा पाएर निकै खुसी छु ।’यस्तै यस्तै अन्य कृत्रिम हात खुटा पाउने १३५ जनाको हात खुटा नभएपछिको पीडा र समान्य हिडडुुलर हातको सहाराले केहि गतिविधिहरु गर्न पाउने भएपछि खुसीको सिमा थिएन । 
 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.