शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
जे एस क्याम्पसकाे सप्ताहव्यापी खेलकुद प्रतियोगिता सम्पन्न

5 Views

माघ २२, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० माघ २२ - 
सिरहाको लहानमा अवस्थित जे.एस. मुराराका बहुमुखी क्याम्पसकाे ‘सप्ताहव्यापी खेलकुद प्रतियोगिता २०८० ‘’ सम्पन्न भएकाे छ । " शिक्षाको लागि स्वास्थ्य ,स्वास्थ्यको लागि खेलकुद " भन्ने मूल नाराका साथ शुरू भएकाे खेल सप्ताह आइतबार एक कार्यक्रमका बिच सम्मापन गरिएकाे हाे ।लहान नगरपालिकाका नगरप्रमुख तथा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष महेश प्रसाद चौधरीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएकाे थियाे । सम्मापन कार्यक्रममा बिभिन्न खेलकुदका बिजेताहरूलाइ मेडल तथा प्रमाणपत्र लगायतले पुरस्कृत गरिएकाे थियाे । खेल सप्ताहमा महिला तथा पुरुषहरुका लागि फुटबल, भलिबल, म्युजिकल चेयर , दौड, सट पुट थ्रो, लँगजम्प, स्लो साइकलरेस लगाएतका खेलहरु समाबेस भएका थिए । समापन कार्यकममा क्याम्पस प्रमुख संजय चौधरीले शुभकामना मन्तव्य राख्ने क्रममा आम विद्यार्थीलाइ सर्भ-शुलभ तथा गुणस्तरीय शिक्षाका साथै शारिरीक तथा मानसिक बिकासका लागि प्रतिबद्ध रहेकाे बताए । कार्यक्रममा विभिन्न संघ-संस्थाका प्रतिनिधि,शिक्षक, अभिभावक ,विद्यार्थी लगायत संचारकर्मीको उपस्तिथी रहेको थियो। 

च्याम्पियन्स ट्रफी भारतलाई
फाल्गुन २६, २०८१ | सरगम खबर समाचारदाता
उपमेयर कपको फाइनल खेल आज :
फाल्गुन २४, २०८१ | फिरोज शेख
उपमेयर कप क्रिकेटको अन्तिम लिग खेलमा
फाल्गुन १६, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.