शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सिरहाको लहानमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न

8 Views

कार्तिक २२, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० कार्तिक २२ - 
सिरहाको लहानमा एक दिने नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। रोटरी क्लव अफ लहान र लाईफ लाइन केयर हस्पिटल एण्ड रिसर्च सेन्टर लहान -४ को संयुक्त आयोजनामा लहान १५ ढोढनामा शिविर सम्पन्न भएको हो। श्री राजदेवी पंचावती मन्दिरको धर्मशालामा आयोजित नि:शुल्क स्वास्थ्य शिविरको उद्घाटन संघीय सांसद राम शंकर यादवले गर्नु भएको थियो। शिविरमा उपलब्ध महिलारोग विषेशज्ञ डाक्टर गीता  यादव ,हाडजोर्नी तथा नसारोग विषेशज्ञ डाक्टर ओम प्रकाश चौधरी ,जेनरल सर्जन डाक्टर भुवनलाल चौधरी ,बालरोग विषेशज्ञ  डाक्टर अनिल कुमार यादव ,जेनरल फिजिसियन डाक्टर विवेक प्रभाकर विपरा र जेनरल फिजिसियन डाक्टर अह्म्दुल्लाह अन्सारीले २८७ जना विरामीहरुलाई चेकजाँच गर्नुका साथै आवश्यकता अनुसार औषधि पनि उपलब्ध गरेका छन्।

शिविरमा ३५ जना महिलाहरुलाई पाठेघरमा हुने क्यान्सर रोग पनि चेकजाँच गरिएको रोटरी क्लव अफ लहानका अध्यक्ष जय प्रकाश चौधरीले जानकारी दिए। रोटरी क्लव अफ लहानका अध्यक्ष चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा लहान १५ का वडा अध्यक्ष तेज नारायण चौधरी ,लहान १७ का अध्यक्ष प्रथमलाल चौधरी ,श्री राजदेवी पंचावती मन्दिरका अध्यक्ष ,रोटरी क्लव अफ लहानका संस्थापक ,पुर्व तथा निवर्तमान अध्यक्ष लगायत क्लवका पदाधिकारी संगै सदस्यहरु ,स्थानीय बुद्धिजीवी , समाजसेवी लगायत स्वास्थ्य लाभ लिन आउनुभएकाहरुको बाक्लो उपस्तिथी रहेको थियो। कायक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन श्री राजदेवी पंचावती मन्दिर संरक्षण समिति लहान १५ ढोढना ,लहान क्यान्सर केयर सेन्टर लहान र लहान नगरपालिका वडा न.१५ को कार्यलयले सहयोग गरेका थिए। शिविरमा आएका विरामीहरुले नि:शुल्क स्वास्थ्य चेकजाँच संगै औषधि समेत नि:शुल्क पाएकोमा आयोजक संस्थालाई हर्षित हुँदै धन्यवाद ज्ञापन गरेका थिए। 

 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.