शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान सिटि जेसिजको अध्यक्षमा शिक्षाकर्मी यादव निर्वाचित

8 Views

पौष ११, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० पौष ११ - 
लहान सिटि जेसिजको २२औ बार्षिक साधारण सभा तथा शाखा अधिवेशन बाट लहान सिटि जेसिजको अध्यक्षमा शिक्षाकर्मी उमेश कुमार यादव निर्विरोध निर्वाचित भएका छन्। मंगलवार सम्पन्न अधिवेशन बाट वर्ष २०२४ का लागि प्याब्सन सिराहाका बरिष्ठ उपाध्यक्ष तथा लहान नगरपालिका शिक्षा समितिका सदस्य उमेश कुमार यादवको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। लहान सिटि जेसिजको २२ औ बार्षिक साधारण सभा तथा अधिवेशन बाट अध्यक्षमा उमेश कुमार यादव ,कार्यकारीणी उपाध्यक्षमा बमचन्द्र चौधरी ,नित्यानन्द साह ,तालिम निर्देशकमा खुश्बु जयसवाल , जनसम्पर्क अधिकारीमा उपेन्द्र यादव , उपाधक्ष्यमा अंकित सारडा ,शिवानन्द चौधरी ,सैगेन्द्र साह र प्रदिप यादव  निर्विरोध चयन भएका छन।

त्यस्तै मनोनित पदहरु मध्ये कानुनि सल्लाहकारमा उमेश कुमार साह ,महासचिवमा देबनलाल ठाकुर,कोषाध्यक्षमा प्रिती साह संगै सचिवमा  सरोज ठाकुर मनोनित भएका छन्। वर्ष २०२३ का अध्यक्ष फिरोज शेखको अध्यक्षता तथा लहान सिटि जेसिजका संस्थापक अध्यक्ष बसन्त साहको प्रमुख आतिथ्यता तथा लहान सिटि जेसिजका पुर्व अध्यक्षहरुको विशिष्ट आतिथ्यतामा सम्पन्न साधारण सभा तथा अधिवेशनको निर्वाचन अधिकृत कुमु चौधरी रहनु भएको थियो। सम्पन्न साधारण सभा तथा अधिवेशनमा लहान सिटि जेसिजमा आवध सम्पूर्ण साधारण सदस्य देखि लिएर मानार्थ सदस्यहरु संगै यस बर्ष सदस्यता प्राप्त गरेका ४२ जना नयाँ सदस्यहरुको समेत उपस्तिथी रहेको थियो। 

लायन्स क्लव अफ लहान फूलबारीको होलि
फाल्गुन २५, २०८१ | फिरोज शेख
सोमबार सम्पन्न क्रिकेट खेलमा लहान ८
फाल्गुन १३, २०८१ | फिरोज शेख
आइतबार सम्पन्न पहिलो क्रिकेट खेलमा लहान
फाल्गुन ११, २०८१ | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2025 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.