शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लायन्स क्लबको क्याबिनेट बैठक लहानमा सम्पन्न
मंसिर १०, २०८० | फिरोज शेख

फिरोज शेख लहान २०८० मङ्सिर १० - 
सिरहाको लहानमा लायन्स क्लबको दोस्रो क्याबिनेट बैठक भव्यताका साथ् शनिबार सम्पन्न भएको छ। लहान स्थित लायन्स क्लब अफ लहान सिटि, लायन्स क्लब अफ लहान फूलबारी र लायन्स क्लब अफ लहान सनसाइनको आतिथ्यतामा लायन्स इन्टरनेशनल, डिस्ट्रीक्ट ३२५ एफ को क्याबिनेट बैठक सम्पन्न भएको हो। मारवाडी सेवा सदन लहानमा करीब २०० क्याबिनेट अफिसरहरुको उपस्तिथिमा क्याबिनेट बैठक सम्पन्न भएको हो । डिस्ट्रीक्ट गभर्नर शिव कुमार कटवालको अध्यक्षता एवं मधेस प्रदेशका भूमिसुधार, कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बैठकको उद्घाटन सत्रमा विभिन्न नगरपालिकाका मेयर तथा उपमेयर, सक्रिय लायन्स पदाधिकारीहरु संगै समाजसेवीहरुलाई सम्मान-पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको लायन चक्रपाणि दहालले बताउनु भयो ।

दाहालका अनुसार सम्मानित हुनेहरुमा मधेस प्रदेशका मन्त्री गोविन्द न्यौपाने र शिक्षा मन्त्रि महेश प्रसाद यादव, लहानका मेयर महेश प्रसाद चौधरी , धनगढीमाई नगरपालिकाका मेयर शिव शंकर महतो, लहानका उपमेयर रामचतितर महतो , तथा धनगढीमाई नगरपालिकाकि उपमेयर सुनिता सिंह लगायत समाज परिवर्तनमा अतुल्य योगदान पुर्याउने हुने समाजसेवी अशोकलाल अमात्य, विकास सारडा, राहुल सारडा, साहित्यकार अर्जुन प्रसाद गुप्ता "दर्दिला" रहनु भएको थियो । क्याबिनेट बैठक बाट सिराहा, सप्तरी, उदयपुर लगायत विभिन्न स्थानमा स्वास्थ्य र शिक्षा सम्बन्धी आयोजनाहरु अघि बढाइने निर्णय भएको समेत दाहालले बताउनु भयो ।शनिबार विहान लहानको सहिद चोकबाट प्रभातफेरी शुरु गरि लहान बजार परिक्रमा गर्दै उदघाटन समारोहमा परिणत भएको कार्यक्रम बन्दसत्र पछि सपन्न भएको जनाइएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.