शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
चोरीका गरगहना सहित तीनजना सार्वजनिक
चैत्र २८, २०७४ | फिरोज शेख

फिरोज शेख लहान २०७४ चैत्र २८ - 
ईलाका प्रहरी कार्यालय लहानले विभिन्न घरहरुमा भएको चोरीको घटनामा पक्राउ परेका चार जना मध्ये ३ जना लाई बरामद गरिएका सामान सहित सार्वजनिक गरेको छ। ईलाका प्रहरी कार्यलय लहानले मंगलबार पत्रकार सम्मेलन गरि लहान ५ बस्ने राम नारायण साहको छोरा ३० वर्षीय महेशकुमार साह, गोलबजार नगरपालिका ३ जमदहका प्रितम लाल पासवानको छोरा ३० वर्षीय दिलिप पासवान र लहान १० गुदीगाउँ बस्ने जिवछ पासवानको छोरा १७ वर्षीय राजुकुमार पासवानलाई सार्वजनिक गरेको छ। पक्राउ गरिएका लहान ७ निवासी हाल गोलबजार ४ बस्ने राजेन्द्र साहको छोरा ३३ वर्षीय प्रदिप कुमार सुनार लाई म्याद थप गर्न अदालत लगिएकाले तीन जनालाई मात्र सार्वजनिक गरिएको ईलाका प्रहरी कार्यलय लहानका डिएसपी गणेश चन्दले जानकारी दिए । पत्रकार सम्मेलनमा डिएसपी गणेश चन्दले नगर क्षेत्रका चार ठाउँमा भएको चोरीमा संलग्न रहेका मध्ये चार जना पक्राउ परेको र पाँच जना फरार रहेकोले  खोजी भइरहेको जानकारी दिएका छन्। पक्राउ परेकाहरुले लहान ८ का मुकेश साहको घरबाट १० किलो एक सय ग्राम चांदी र नगद सहित करिब १६ लाख ३७ हजारको मालसामान , नेपाल पत्रकार महासंघ सिरहाका कोषाध्यक्ष लहान १ निवासी मनोज बनैताको घरबाट ३० हजार नगद , १ थान भिडियो क्यामेरा ,ल्यापटप १ थान ,झुम्का ९ आना , चांदी २२ तोला समेत गरि  एक लाख ८८ हजार मुल्य बरबको धनमाल , लहान ३ की शर्मिला विश्वकर्माको घरबाट झुम्का ४ आना , १ तोला सुनको सिकड़ी , सुनको मंगल सुत्र ८ आना सहित तीन लाख बराबरको धनमाल र बेचन मण्डलको घरबाट सुनको तिलहरी १.५ आना र नगद १५ हजार सहित  २२ हजार बराबरको नगद र गरगहना चोरेको पक्राउ परेका अभियुक्तहरुले स्वीकार गरेको डिएसपी चन्दले बताए । 

डिएसपी चन्दका अनुसार पक्राउ परेका अभियुक्तहरुले चोरी गरिएका सुनचाँदीका गर-गहना पगालेर गोलबजारका तीन पसलमा बिक्रि गरेको थियो। मुकेशको घरबाट चोरिएको मध्ये ९ सय १२ ग्राम चाँदी, ६.९८ ग्राम सुन मुरली मनोहर ज्वेलर्स , गोविन्दकुमार यादवको ज्वेलर्सबाट पाँच थान पायल र एक थान चाँदीको ब्रासलेट र बनैताको घरबाट चोरी भएको मध्ये चार आना सुन फेला परेको छ भने, गोलबजार कै वैभव सिन्धेको पसलबाट नौ तोला चाँदी, शर्मिला घरबाट  चोरिएको सामान खरिद गरेका स्थानीय प्रथमलाल शास्त्रीको पसलबाट एक आनाको सुनको फुली, दुई तोला चाँदी बरामद भएको छ। पक्राउ परेकाहरु लाई चोरीको मुद्दा चलाइएको डिएसपी चन्दले जनाएको छ। 

डिएसपी चन्द ईलाका प्रहरी कार्यलय लहानमा सरुवा भई आएको मंगलबार सय दिन पुरा भएको छ। डिएसपी चन्द आएको सय दिनको अवधिमा ८ वटा मोटर साइकल चोरीका घटना सहित १८ वटा चोरीका घटना भएका छन। जस मध्ये १५ वटा घटनाका अभियुक्तहरु पक्राउ परेका छन। ७ वटा मोटर साइकल फेला परेका छन। चुनावको अवधिभर सादा पोसाकमा प्रहरी परिचालन नहुदा चोरीको घटनामा वृद्धि भएको थियो। यता केहि दिन देखि सादा पोसाकका प्रहरी परिचालन भए देखि चोरी लगायत विभिन्न घटना संलगन अभियुक्तहरु पक्राउ पर्न थालेका छन। 

यसै बीच सोमबार साँझ लहान होस्पिटल चौकमा बा .६६ प १५ नम्बरको १५० सिसिको मोटर साइकल चोरी गरिरहेको अवस्थामा लहान ३ बस्ने शैलेन्द्र यादवको छोरा जिनिस यादव लाई पक्राउ गरेका छन। 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.