शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
विकाश शारडाको पसलमा बम विष्फोट गराउने एक जना पक्राउ
बैशाख १२, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ बैशाख १२ - 
सिरहाको लहान नगरपालिका–७ स्थित विकाश शारडाको सुनचाँदी पसलमा बम विष्फोट गराएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।सिरहाको सुखिपुर नगरपालिका–५ का २३ वर्षीय इन्द्रदेव कामतीलाई प्रहरीले पक्राउ गरेको हो। उनीमाथि मुद्दा दर्ता गरेर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका डिएसपी राजेन्द्र भेटवालले जानकारी दिए। अन्य फरारहरुको खोजी गर्न प्रहरी टोली परिचालन गरिसकिएको उनले बताए।

चैत्र ९ गते विकास शारडाको सुनचाँदी पसलमा दिउँसै बम विष्फोट गराइएको थियो। प्रेसरकुकर बम विष्फोटमा पसल सञ्चालक शारडा, उनका भाइ राहुल, कामदार अस्मिता कुमारी चौधरी , विनिता कुमारी चौधरी तथा समान खरिद गर्न आएका  नवराजपुर गाउँपालिका–३ की देवकुमारी यादव, उनका ७ वर्षीय छोरा सतिस यादव, लहानकी बबितादेवी यादव र सप्तरीको सरुङ्गा नगरपालिका–६ का मनितादेवी राम घाइते भएका थिए। 

लहानबाट लागूऔषध सहित तिन पक्राउ
माघ २०, २०८० | फिरोज शेख
सिरहाको लहानबाट हतियार सहित ३ जना
कार्तिक २१, २०८० | फिरोज शेख
लागूऔषध सहित एक जना पक्राउ
कार्तिक १८, २०८० | फिरोज शेख
अवैध कपडा लोड गरिएको पिकअप सहित
कार्तिक १३, २०८० | फिरोज शेख
हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.