शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सरकारी गाडिको ठक्करबाट एकको मृत्यु
बैशाख १५, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ बैशाख १५ - 
लहान ११ पडरिया चौकमा सरकारी गाडिको ठक्करबाट शुक्रबार एक साइकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा लहान वडा नम्वर १ सिंग्राही बस्ने ५५ वर्षीय बिन्दीलाल चौधरी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यलय लहानले जनाएको छ। प्रहरीका अनुसार करिब ११ बजेको समयमा लहान वडा नम्वर ११ स्थित पडरिया चौकदेखि करिब पाँचसय मिटर पश्चिममा सिचाई व्यवस्थापन निर्देशनालय चितवनको बा १ झ ५२६१ टोयाटो गाडिको ठक्करबाट घाइते चौधरीको उपचारका लागि लहान अस्पताल तर्फ लैजाने क्रममा बाटो मै  मृत्यु भएको थियो। ठक्कर दिने सवारी र सवारी चालक चितवन नपा  १२ बस्ने ५२ वर्षिय धनबहादुर गुरुङ ईलाका प्रहरी कार्यलय लहानको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ  ।  

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.