शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
राजदेवी मन्दिरमा पशुपंक्षीको बली दिन भक्तजनहरुको भिड
बैशाख १७, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ बैशाख १७ - 
आज अहिंशा र शान्तीका प्रतिक गौतम बुद्धको जन्मजयन्ती मनाइरहेको बेला आजकै दिन सिरहाको लहान नपा १७ स्थित राजदेवी पञ्चावती मन्दिरमा हजारौं पशुपंक्षीको बली दिईन्छ। राजदेवी मातालाई भाकल गरे सन्तान प्राप्ति हुने, रोग ब्याधीबाट मुक्ति मिल्ने र मनोकांक्षा पुरा हुने जन विश्वास रहेको छ। सोही कारण बली चढाउन र मेला हेर्न राजदेवी मन्दिरमा भक्तजनहरुको भिड लागेको छ। आज विहानदेखि पानि परि रहेको अवस्थामा पनि बली चढाउन र मन्दिरमा दर्शन गर्न श्रद्धालुहरुको घुइचो लागेको आयोजक समितिले जनाएका छन् । हिजो साँझ देखि नै मन्दिरमा पुजाआजा गर्न श्रद्धालुहरुको भिडभाड बढेको  मेला समितिले जनाएको छ ।पूर्वपश्चिम राजमार्गमा पर्ने लहान बजारदेखि करिब ६ किलोमिटर उत्तरमा पर्ने ढोढना स्थित राजदेवी पञ्चावती मन्दिर अवस्थित रहेको छ । यो मन्दिरमा आफ्नो भाकल पुरा गर्न पशुपंक्षीको बली दिन सिरहा, सप्तरी, उदयपुर, धनुषासहित छिमेकी मुलुक भारतको बिहार राज्यबाट समेत श्रद्धालुहरु आउने गर्दछन । ढोढना स्थित राजदेवी पञ्चावती मन्दिर १ बिघा ५ कठ्ठा ५ धुर क्षेत्रफलमा फैलिएको जङ्गलको बीचमा रहेको छ । बर्षेनी भाकल गर्नेहरुको संख्या बढ्दै गएको आयोजक समिति बताउँछन् । बिहान ४ बजे देखि भएको बर्षाका कारण भक्तजनहरु समस्यामा परेका छन्। 

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.