शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
सखुवानन्कारकट्टीमा आगलागी हुँदा लाखौको क्षति
बैशाख २०, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ बैशाख २० - 
सिरहाको सखुवा नन्कारकट्टी गाउपलिकामा आज बिहान आगलागी हुँदा लाखौको क्षति भएको छ। आज बिहान करिब ७ बजेर ३० मिनेट जादा सखुवा नन्कारकट्टी गाउपलिका ४ साविक वडा नम्बर ८ दलित वस्तीमा आगलागी हुँदा ८ जना घरपरिवारको १५ फुसको घर जलेर खरानी भएको छ। आगलागी बाट घोना मण्डल भन्ने चन्देश्वर मण्डल , राज लाल मण्डल ,चन्दन मण्डल ,बिन्दी मण्डल , सेबुवा मण्डल , राम शंकर मण्डल उमाकान्त मण्डल र धनमन्ती मण्डलको घरमा आगलागी हुदा घर भित्र रहेको खाद्यान , लताकपडा लगायत अति आवश्यक सर समान जलेर नष्ट भएको छ। यसै बीच सेबुवा मण्डलको छोराले बहिनीको बिहेका लागि विदेश बाट बुधबार पठाएको रु. एक लाख पनि आगोमै जलेको स्थानीय परियाग लाल यादवले जानकारी दिएका छन्। आगलागी नेपाल प्रहरी , स्थानीयवासी र लहान नगरपालिका बाट गएको वरुण यन्त्रको सहयोगमा नियन्त्रणमा आएको छ। आगलागी बाट कुनै मानवीय क्षति नभएको स्थानीय यादवले बताए।यता ईलाका प्रहरी लहानका अनुसार आगलागी बाट करिब ७ लाख ५० हजारको क्षति भएको छ। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.