शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
हाईसको ठक्करबाट महिलाको मृत्यु , एक गम्भीर
बैशाख २४, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ बैशाख २४ - 
सिरहाको पुर्व - पश्चिम राजमार्गमा हाईस गाडीले ठक्कर दिदा एक महिलाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । धनगढीमाई नगरपालिका ८ कसहा चोक स्थित बा‍.४ ख ६६७२ नम्बरको हाईस गाडीले साईकल यात्री गोलबजार नगरपालिका –१२ बेतौना बस्ने ५९ वर्षीय राम उद्गार गडौरी र निजको श्रीमती ५५ वर्षीया बिल्टी गौडेरीलाई आइतबार ठक्कर दिएको थियो।

ठक्करबाट गम्भिर घाइते भएको दुवै लाई उपचारको लागि लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पताल ल्याउने क्रममा बिल्टीको बाटोमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय लहानले जनाएको छ। गम्भीर घाइते राम उद्गारको कामना नर्सिङ्ग होम प्रालि लाहान ३ मा उपचार भइरहेको छ। राम उद्गारको टाउको र ढाडमा गम्भीर चोट लागेको डाक्टरले बताएका छन्। यता हाईस र चालक झापा बुद्धशान्ति गाउँपालिका–१ बस्ने २८ वर्षीय किशोर चापागाईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.