शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न
जेठ १३, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ जेष्ठ १३ गते - 
सिरहाको लहान ३ मा अवस्थित कामना नर्सिङ्ग होम प्रालि र विराट टिचिंग हस्पिटलको संयुक्त आयोजनामा आयोजित एक दिने निशुल्क स्वास्थ्य शिबिर आइतबार सम्पन्न छ । शिबिरमा सिरहा , सप्तरी तथा उदयपुरका २ सय ४५ जनाले आफ्नो स्वास्थ्य चेकजाँच गराई लाभान्वित भएका छन्। शिबिरमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डाक्टर सिमा मिश्रा , हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मिथिलेश गुप्ता , बाल रोग विशेषज्ञ डाक्टर शशि भुषण ठाकुर , रेडियोलोजिस्ट डाक्टर राजेन्द्र चौधरी , इन्टरनल मेडिसिन विशेषज्ञ डाक्टर रितेश कुमार गिरि , जनरल फिजिसियन डाक्टर ऋतु यादव यादव लगायत , जनरल फिजिसियन डाक्टर सरोज यादव अधिकारीको उपस्थितिमा पुरुष ७० जना , बालक १९ जना र महिला १ सय ५६ जना गरि जम्मा २ सय ४५ जना लाभान्वित भएका छन्। शिविरमा अति विपन्न गरिब , दलित तथा महिलाहरु लाई निशुल्क औषधि समेत वितरण गरिएको छ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.