शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
गाइघाट लाई हराउदै फत्तेपुर फाइनलमा , सनिबार बारा संग भिड्ने
जेठ २४, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ जेष्ठ २४ - 
मेयर गोल्ड कप फुटवल प्रतियोगिता २०७५ अन्तर्गत बिहिबार भएको दोस्रो सेमिफाइनल खेलमा गाइघाट फुटवल कल्व लाई हराउदै फत्तेपुर प्रतियोगिताको फाइनलमा पुगेको छ। सप्तरी खडक नगरपालिकाको आयोजना तथा पन्सेरा सामुदायिक विकास मंच नेपाल सप्तरी ४ को प्रायोजनमा संचालित प्रथम मेयर गोल्ड कप फुटवल प्रतियोगिता अन्तर्गत बिहिबार आज भएको रोमान्चक खेलमा गाइघाट लाई १ का विरुद्ध २ गोल गरि पराजित गर्दै फत्तेपुरले फाइनलमा आफ्नो स्थान बनाएका हुन् । खेलमा उत्कृष्ट प्रदर्शन गरेका फत्तेपुर जर्सी नम्बर ५ का खिलाडी मुकेश माझी म्यान अफ द म्याच भएका छन्। अब सनिबार हुने फाइनल खेलमा फत्तेपुरले बारा ११ को सामना गर्ने छन्। बारा हिजो नै डायनामाइट काठमाडौं लाई हराउदै फाइनलमा आफ्नो स्थान पक्का गरिसकेका छन्। प्रतियोगिता अन्तर्गत विजेता हुने फुटवल क्लवले नगद रु. १ लाख ५१ रुपैया सहित ट्रफी , शिल्ड , मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् भने उपविजेताले नगद रु .५० हजार ५१ रुपैया संगै ट्रफी , शिल्ड , मेडल र प्रमाण पत्र प्राप्त गर्ने पन्सेरा सामुदायिक विकास मंच नेपाल सप्तरीका सचिव प्रमोद कुमार चौधरीले जानकारी दिएका छन्। 

यसै बीच शुक्रबार उक्त मैदानमा खडक नगरपालिका मातहतका कर्मचारी र खडक नगरपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरुका प्रधानाअध्यापकहरु बीच मैत्री पूर्ण फुटवल म्याचको आयोजना गरिएको मंचका सचिव चौधरीले बताए। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.