शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
महिला हिँसा सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न
असाड १९, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ असार १९ - 
महिला हिँसा  मुक्त समाज निर्माण गर्न सके मात्र समृद्ध मुलुक निर्माण हुन सक्ने मंगलवार लहान ४ मा आयोजित एक दिने महिला हिँसा सम्बन्धि अभिमुखीकरण कार्यक्रममा बोल्दै वक्ताहरुले धारणा राखेका छन्। ४ नम्बर वडा कार्यलय लहानको आयोजना तथा लहान नगरपालिकाको सहयोगमा एक दिने महिला हिँसा  सम्बन्धि अभिमुखिकरण कार्यक्रमका सहभागिहरुले यस्तो धारणा राखेका हुन्। सहभागिहरुले समाजमा बिद्यमान गलत परम्परा, संस्कार, कुरीती र गलत ऐन कानूनले महिला हिँसा बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन्। लहान वडा नम्बर ४ का वडा अध्यक्ष रामनाथ पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्ने वक्ताहरुले महिला मैत्री समाज , महिला मैत्री संविधान र महिला हिँसा मुक्त कानून निर्माण गर्ने र यसलाई व्यवहारमा लागु गर्न सबै पक्षले भूमिका निर्वाह गर्नु पर्नेमा जोड दिएका थिए। 

उक्त वडाका ६० जना महिला सहभागी रहेको कार्यक्रममा संघीय समाजवादी फोरमका शम्भु पण्डित , महिला सदस्य रुकमणि पंजियार , उर्मिला देवी दास ,शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका प्रवन्ध निर्देशक फिरोज शेख, वडा अध्यक्ष राम नाथ पण्डित, शिक्षक तथा समाजसेवी सुर्य प्रसाद यादव लगायतले बोल्नुभएको थियो। कार्यक्रममा स्वागत मन्तव्य वडा सचिव अन्जना कुमारी सिंहले राख्नु भएको थियो। भने कार्यक्रमा ओरेक नेपाल सिरहा जिल्ला कार्यक्रम अधिकृत देव कुमारी महराले त्यहा उपस्थित सम्पूर्ण महिलाहरु लाई  महिला हिँसा सम्बन्धि विभिन्न विषयमा प्रशिक्षण दिनु भएको थियो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.