शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
कुष्ठरोग निवारण अभियान शुरु
असाड २७, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ असार २७ - 
सिरहामा कुष्ठरोग निवारण अभियान सञ्चालन शुरु भएको छ । असार २७ गते देखी २९  गतेसम्म सिरहाको सपूर्ण स्थानिय नगरपालिका र गाउँपालकिामा खोज र निदानको लागी बिषेज्ञ टोली घरघरमा जाने भएको छ । लहान नगरपालिका स्वास्थ्य शाखाले लहान नगरपालिकाको सभा हलमा आज नगरपालिका स्तरीय कुष्ठरोग निवारण अभियान कार्यक्रम बारे अभिमुखीकरण कार्यक्रमको आयोजना गरि जानकारी गराएका छन्।  कार्यक्रममा बोल्दै लालगढ अस्पतालका कुष्ठरोग निरीक्षक शंकरमान श्रेष्ठले २०२० सम्म कुष्ठरोग मुक्त बनाउने अभियान अन्र्तगत नेपालमा पनि यो अभियान सुरु भएको बताए । उनले नेपालमा प्रत्येक बर्ष ३ हजार भन्दा बढी रोगीहरु थपिँदै गएको बताउँदै नेपाललाई पनि कुष्ठरोग मुक्तदेश बनाउने अभियानमा लागेको बताए । उहाले छालामा घाउ हुनु कुष्ठरोगको प्रारम्भिक बाहिरी सङ्केत हो भन्दै यसले छाला, हातखुट्टा र आखाँमा स्थायी क्षति पुर्याउन सकिने भएकोले यसको लक्षण देखिने बित्तिकै उपचार गराई हाल्नुपर्दछ भन्नु भयो ।यो रोग पूर्णरुपमा निको हुने रोग हो,कुष्ठको पुष्टि भएपछि आम व्यक्ति रोग निको नहुने वा कुनै व्यक्ति त्यसले सङ्क्रमित हुने आशङ्काले त्रसित  हुनु हुदैन।” सुरुवाती अवस्थामा यसको उपचार सजिलै हुन्छ । सर्ने र नसर्ने कुष्ठरोग क्रमशः एक वर्ष र छ महिना औषधि खाए यो पूरै निको हुने उहाले बताए। उनले सिरहामा अहिले १ सय १६ जनाले उपचार गराईरहेको पनि बताए । 

यसै बीच उहाले लहान नगरपालिकामा ९ जानाले उपचार गराइरहेको लहान नगरपालिका स्वास्थ्य शाखा संयोजक रतन कुमार दासले जानकारी दिए। यस जिल्लामा कुष्ठरोगीको सङ्ख्या बढ्दै गएपछि यसको निवारणका लागि यो अभियानमुखी कार्यक्रम सञ्चालन गरिएको हो भन्दै यो कार्यक्रमको सफलताका लागि सक्रिय सहयोग, समन्वय र सहकार्य गर्न सबैसँग आग्रह गर्नुभयो। लहान नगपालिका उप प्रमुख सरियार चौधरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा ईलाका प्रशासन कार्यलय लहान प्रमुख सोम प्रसाद भट्टराई , लहान नगरपालिका प्रमुख  प्रशासकीय अधिकृत तिर्थ राज भट्टराई , न्यायिक समिति सदस्य देव शरण पण्डित , अनिल कुमार साह  स्वास्थ्य शाखा सह - संयोजक ,वडा  ५ नम्बर ५ का अध्यक्ष सुलेमान मिया अन्सारी , सरोज कुमार कर्ण जिल्ला स्वास्थ्य अधिकृत सिरहा , राम पुकार ठाकुर पशु विकास शाखा , लखन लाल साह वडा सचिव ५ र ८ , ईन्द्र प्रसाद पाल  सीनियर अहेव , राम नारायण पण्डित अहेव , हिरा कुमार मण्डल  कुष्ठरोग समिति नेपाल , शेख मिडिया हाउस प्रालि तथा रेडियो सरगम ९३ मेगाहर्जका प्रवन्ध निर्देशक फिरोज शेख , न्यायिक समिति सदस्य शान्ति देवी सदाय, समाजसेवी ओम प्रकाश साह , निश्चलता कार्की , राम नारायण पण्डित , लहान नगरपालिका शाखा अधिकृत शिव लम्साल , नेपाल पत्रकार महासंघ भूपू सभासद , राम सागर मण्डल , सन्तोष कुमार राम अहेव , वडा नम्वर १३का वडाअध्यक्ष ईश्वर बहादुर वस्नेत , २४ नम्बरका वडा अध्यक्ष कमलदेव यादव , लहान नगरपालिका नगर शिक्षा अधिकृत भवानी कट्टेल लगायतको उपस्तिथी रहेको थियो। 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.