शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न , ३ सय भन्दा बढी लाभान्वित
असाड २७, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ असार २७  - 
सिरहाको लहान ३ होस्पिटल चौकमा अवस्थित अल्फ्रेड हेल्थकेयर एण्ड डायगनोस्टिक सेन्टर प्रालिको आयोजनामा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । डाक्टर विवेक प्रभात साह एमडी कन्सल्टेन्ट संगै नोवेल मेडिकल कलेजका डाक्टर राजेश नेपाल वरिष्ठ मुटुरोग विशेषज्ञ टिमको उपस्थितिमा भएको उक्त  नि:शुल्क स्वास्थ्य शिविरमा ३ सय ९५ जनाले आ-आफ्नो चेकजाच गराई लाभान्वित भएका छन्। जसमा महिला १ सय ९० जना र पुरुष २ सय ५ जना रहेका छन्। शिविरमा चिनी , प्रेसर ,दम ,मुटुरोग , थाइराइड , ग्यास्ट्रिक , कभ्जोड़ी लागायतका रोगहरुको चेकजाच गरिएको छ। शिविरमा चेकजाच गराउने विरामीहरुलाई नि:शुल्क औषधि , नि: शुल्क इसिजी र नि:शुल्क भिडिओ एक्सरे सेवा समेत प्रदान गरिएको छ।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.