शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
मृतक दिनेश महतोको परिवारलाई ५१ हजारको चेक
साउन ५, २०७५ | फिरोज शेख

जिवछ उदासी / फिरोज शेख २०७५ श्रावन ५ -
नेपाल अटोम्याकेनिक्स ट्रेड युनियन लहानले आफ्नो २१औ स्थापना दिवसको अवसरमा हृदय घातले मृत्यु भएको एक परिवारलाई सहयोग गरेको छ । गएको जेठ १८ गते लहान २३ का मोटर पार्टसका मजदुर (मिस्त्री) दिनेश महतोको हृदय घातले मृत्यु भएको थियो । मृतक महतोको पत्नी विनिता महतोलाई नेपाल अटोम्याकेनिक्स ट्रेड युनियन लहानले ५१ हजारको सहयोग गर्दै चेक हस्तान्तरण गरेको छ । 
३५ वर्षिय महतो हृदयघात हुँदा अस्पतालमा मृत्यु भएको महतोको अवस्था अत्यन्त दयनीय रहेको युनियनका अधयक्ष सोनेलाल कुशवाहाले चेक हस्तान्तरण गर्दै भन्नुभयो, मजदुरहरुको समाजिक सुरक्षाको लागि सरकारले केहि सोच्नै पर्ने वेला भयो ।

यसको लागि युनियनले निकै वर्षदेखि सरकारसंग माग गरिरहेका छ । जोखिम काम गर्ने मजदुरहरुको मृत्यु भएपछि मृतकको परिवार विच्चलीमा पर्ने गरेका छन् । लहानका ४३ जना मोटर्स पार्टसका संचालक मजदुरहरुले ५१ हजार रुपियाँ सहयोग गरयौ तर यहि रकमले विनिताको समस्या टर्ने छैन । तिन छोरी रहेकी विनितालाई युनियनले सक्दो सहयोग आफ्नो तर्फबाट गरिरहने भएपनि यस्ता विच्चलीमा परेका मजदुरका छोरा छोरीहरुलाई शिक्षाको लागि केहि प्रवन्ध भई दिए हुन्थ्यो हाम्रो माग रहेको युनियनका कोषध्यक्ष राम अशिष शर्माले बताउनुभयो । २१औ स्थापना दिवसको अवसरमा मृतक पत्नी विनितालाई चेक हस्तान्तरण गरयौ आउनेनिकट भविष्यमा मोटर पार्टस मजदुरहरुको विमा गर्ने निित बनाउन लागेको युनियन अध्यक्ष कुशवाहाले जानकारी दिनुभयो।

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.