शेख मिडिया हाउस प्रालि लहान ८ द्वारा संचालित
लहान १९ मा ८ सय लिटर मदिरा बरामद
साउन १३, २०७५ | फिरोज शेख

फिरोज शेख लहान २०७५ श्रावन १३ - 
सिरहाको लहान नगरपालिका १९ मा प्रहरीले ८ सय लिटर अवैध मदिरा बरामद गरि नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय लहानले अबैध रुपमा घरेलु मदिरा उत्पादन गरी विक्रि वितरण गरिरहेको विशेष सुचनाको आधारमा लहान नगरपालिका १९ नौडेगा र कटहामा इलाका प्रहरी कार्यालय लहानका प्रहरी निरिक्षक नितेश कुमार सिंहको कमान्डमा गएको प्रहरी टोलीले गया साह ,शितल साह ,ज्ञानेश्वर साह र सन्तोष साहको घरमा खान तलासी गर्दा ८ सय लिटर अवैध मदिरा बरामद भएको प्रहरी निरिक्षक नितेश कुमार सिंहले बताए। प्रहरी निरिक्षक सिंहका   अनुसार लहानमा अबैध मदिराका कारण दिनहु समाजमा झै झगडा,घरेलु हिंसा,महिला हिंसा लगायतको घटनामा बृद्धि भइरहेको हुनाले विशेष अपरेशन शुरु गरिएको छ । मानिसको स्वास्थ्य स्थितिमा प्रत्यक्ष असर पुर्याइरहेको हुदा यसलाई अभियानको रुपमा संचालन गरिएको हो। लहान नगरपालिकाको वडा न.१९ मा आधुनिक तरिकाबाट अबैध मदिरा उत्पादन गरिरहेको समाग्री र तयारी अबस्थामा राखिएको ८ सय  लिटर मदिरा बरामद गरि नष्ट गरिएको छ । अप्रेशन टोलिले मदिरा उत्पादन गर्ने चुलो भठी,ड्म लगायतको सामग्री समेत नष्ट गरेका छन्।

 

हाम्रा स्तम्भहरु

All right Reversed. @ 2024 Sargam Khabar .

Designed & Developed By AB Group (P.) Ltd.